site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मास्क वितरणसँगै घोराही कांग्रेसको सचेतना
Ghorahi CementGhorahi Cement

दाङ । कोरोना भाइरसविरुद्ध जनचेतना फैलाउँदै नेपाली काङ्ग्रेस घोराही १५, दाङले मास्क वितरण गर्दै सचेतना अभियान आरम्भ गरेको छ । यो अभियानमा विभिन्‍न युवा नेताहरु पनि जोडिएका छन् । 

नेपाली काङ्ग्रेसका १५ नम्बर वडा-सचिव शिशिर अधिकारीको अगुवाइमा  विपन्‍न, ज्येष्ठ नागरिक, अपांगता भएका समूहमा  मास्क वितरण सुरु गरिएको हो । पहिलो चरणमा करिब १ हजार मास्क वितरण गरिएसँगै सचेतनासमेत गरिएको अभिकर्ता 
तथा सचिव अधिकारीले बाह्रखरीलाई बताए ।

Agni Group

घरमा पुगेर मास्क वितरण तथा सचेतीकरण गर्न सुरु गरिएको हो । अभियानमा  भाइरसबाट बच्‍न सरकारको निर्देशन पूर्ण रुपमा पालना गर्न पनि सुझाइएको छ ।

उता तुलसीपुर  ११ नम्बर वडा कार्यालयले पनि मास्क वितरण थालेको छ । वडा कार्यालयले आफ्नै लगानीमा मास्क वितरण गरेको वडा सदस्य सुवास डाँगीले जानकारी दिए । वडा-सदस्य डाँगीका अनुसार पहिलो चरणमा ६० वर्षमाथिका नागरिकलाई मास्क वितरण गरिएको हो । पहिलो चरणमा करिब ३ हजार मास्क वितरण गरिएको र दोस्रो चरणमा अन्य उमेर समूहकालाई वितरण गर्ने लक्ष्य रहेको वडाध्यक्ष  चित्रबहादुर वलीले जानकारी दिए ।

Global Ime bank

कोभिड १९ नियन्त्रणमा दाङका स्थानीय सरकारलाई आवश्यक सहयोगका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङले पनि जिल्लाका दशवटै स्थानीय सरकारसँग आवश्यक समन्वय गरी सहयोग गर्ने जनाएको शाखा सभापति नारायण आर्चायले जानकारी दिए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  १९:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC