site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रेस युनियन मोरङद्वारा पत्रकारलाई स्वास्थ्य सामग्री प्रदान
Sarbottam CementSarbottam Cement

विराटनगर । नेपाल प्रेस युनियन मोरङले संञ्चारकर्मीहरूलाई कोरोनाबाट सतर्क रहँदै सुरक्षा अपनाउन मास्क, सेनिटाइजरसहितका सामग्री वितरण गरेको छ । 

युनियनका सदस्य तथा अरू सक्रिय पत्रकारहरूलाई कार्यक्षेत्रमा खटिँदा आवश्यक पर्ने एन ९५ मास्क, सर्जिकल मास्क, ग्लोब, सेनिटाइजर, क्याप र किरिङ वितरण गरेको अध्यक्ष कुमार लुइँटेलले जानकारी दिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

मास्क र ग्लोब युनियनले खरिद गरी पत्रकारहरूलाई वितरण गरेको तर थप सेनिटाइजर, क्याप र किरिङ भने फुजीमा आयल कम्पनी प्रा.लि र हिमगिरि हाइजेनिकले सहयोग गरेका हुन् । 

युनियनको मोरङ कार्यालयमा संगठनका अध्यक्ष कुमार लुइँटेल, पूर्व केन्द्रीय उपाध्यक्ष शेखर रेग्मी, पूर्व केन्द्रीय सदस्य शंकर खरेल, निर्वातमान मोरङ युनियनका अध्यक्ष मीनकुमार नवोदितत र सचिव गोपाल पोखरेलले ती सामग्री वितरण गरेका हुन् । वितरण कार्यक्रममा सहभागी भएका नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेलले पत्रकारहरूका लागि युनियनले गरेको यो सहयोग सह्रानीय भएको चर्चा गरे । 

Global Ime bank

तोकिएको दूरीमा रही ती सामग्री पत्रकारहरूलाई भिडभाड नगरी वितरण गरिएको थियो । नेपाल पत्रकार महासंघ मोरङकी उपाध्यक्ष सुशीला पाठक, कार्यसमिति सदस्य कौशल निरौला, प्रेस संगठनका प्रल्हाद गुरागाईंलगायतका सञ्चारकर्मी त्यस अवसरमा सहभागी थिए । पूर्वी मोरङका युनियन सम्बद्ध सक्रिय सञ्चारकर्मीहरूलाई भोलि ती सामग्री प्रदान गर्ने कार्यक्रम रहेको युनियन अध्यक्ष लुइँटेलले जानकारी दिएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  १९:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC