site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
फिलिपिन्समा स्वास्थ्यकर्मीलाई प्रहरीले स्कर्टिङ गर्ने 
Sarbottam CementSarbottam Cement

मनिला । फिलिपिन्समा स्वास्थ्यकर्मीमाथि आक्रमण हुन थालेपछि प्रहरीले स्कर्टिङ गर्ने भएको छ । फिलिपिन्स केन्द्र सरकारले स्वास्थ्य सुविधाका लागि स्वास्थ्यकर्मीहरुलाई स्कर्टिङ गर्न सूचित गरेको छ ।

फिलिपिन्स न्युज एजेन्सीका अनुसार क्याबिनेट सेक्रेटेरी कार्लो नोग्राल्सले भर्चुअल पत्रकार सम्मलेनका क्रममा बुधबार भने, "स्वास्थ्य संकटका समयमा स्वास्थ्यकर्मीमाथिको सुरक्षामा आँच पुर्‍याउने काम अस्वीकार्य छ ।"

Prabhu Bank
Agni Group
NIC Asia

"स्वास्थ्यकर्मीलाई सहयोग र माया गर्नुको साटो अग्रपंक्तिमा उभिएर मुलुकमा आएको संकटसँग लड्‍ने उनीहरुमाथि आक्रमणका घटना हुनु दुर्भाग्य हो," उनले थपे । 

फिलिपिनी राष्ट्रिय प्रहरी प्रमुख आर्की जाम्बोआले दक्षिणी प्रान्त सेबु र सुल्तान कुदरतमा स्वास्थ्यकर्मीलाई सुरक्षा प्रदान गर्द निर्देशन जारी गरेका छन् । 

Global Ime bank

जाम्बोआले भने, "हाम्रा स्वास्थ्यकर्मीमाथि आक्रमणको प्रयास गर्नेलाई कानुनबमोजिम कडाइ गर्न र स्वास्थ्यकर्मीको सुरक्षा प्रदान  फिलिपिनी प्रहरी प्रतिबद्ध छ । उनीहरुलाई कुनै पनि किसिमको विभेद, हिंसा, अपराध, दबाब र आक्रमणबाट जोगाउने जिम्मा हामीले लिएका छौं ।" 

मार्च २७ मा सेबु प्रान्तमा एक पुरुष नर्समाथि क्लोरिन छर्किएको प्रहरीले जनाएको छ । त्यही दिन सुल्तान कुदरत प्रान्तस्थित एक अस्पतालमा चिकित्सकमाथि पाँच जनाको समूहले आक्रमण गरेको थियो । - सीएनएन

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  १८:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC