site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नि:शुल्क मास्क वितरण गर्दै त्वाती दिदीबहिनी
Sarbottam CementSarbottam Cement

भक्तपुर । कोभिड १९ अर्थात् कोरोना संक्रमणको त्राससँगै  मुलुकभर मास्क अभाव भइरहेका बेला भक्तपुरका एकै परिवारका दिदिबहिनी मास्कको नि:शुल्क वितरणमा जुटेका छन् ।

कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि अनिवार्य मास्क लगाउन चिकित्सकहरुले सुझाएसँगै मास्क अभाव र मास्कमा नै कालोबजारी गर्नेहरु बढेपछि सूर्यविनायक नगरपालिका वडा नम्बर १० चित्तपोलका मनसोभा सुवाल त्वातीका दिदिबहिनी मास्क बनाउने र वितरण गर्ने काममा जुटेका हुन् ।

सूर्यविनायक नगरपालिका वडा नम्वर १० चित्तपोलका मनशोभा सुवाल त्वाती, मीनाकुमारी त्वाती, रीता त्वाती, अनिता त्वाती, रुदिशा त्वाती, आयुशा त्वाती, सायरा त्वाती लगायत महिला अहिले मास्क सिलाउने काममा व्यस्त हुन थालेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सबै ढोका लगाएर घर भित्रै बसिरहेका बेला त्वाती दिदिबहिनीहरु बिहान साँझ नजिकको र चिनजानको टेलरमा गई खेर गएका कपडा संकलन गरी ल्याएर दिनभर मास्क बनाउने काममा जुटेका छन् । कोही शिक्षक, कोही सिलाइबुनाइ, कोही विद्यार्थी त कोही गृहणी पेसाका उनीहरु हिजोआज माक्स बनाउने र निःशुल्क वितरण गर्ने काममा व्यस्त भएका छन् ।

मनशोभा त्वाती देश पूरै लुक डाउन भएको र कसैलाई फोन गर्दा पनि मास्क लगाउनु, सेनिटाइजर वा सावुन पानीले हात धुनु भन्ने सन्देश सुन्नु तर बजारमा मास्क नपाईनुबाट आफूमा मास्क नै बनाएर सबैलाई वितरण गर्नुपर्छ भन्ने भावना जागृत भएको बताउँछिन् ।

Global Ime bank

मनशोभा एकापरिवारका दिदिबहिनीबाट सुरु भएको मास्क बनाउने काममा सिलाइ जानेका दिदीबहिनीलाई पनि संलग्न हुन पनि आग्रह गर्छिन् ।

चित्तपोल सामुदायिक सिकाई केन्द्रमा सिलाइबनाइ प्रशिक्षक रहेकी मीनाकुमारी त्वातीलाई मास्कमा भएको कालोबजारीको समाचार सुन्दा बनाउने चाहाना जाग्यो अनि युट्युवमा हेरेर बनाइन् । मास्क बनाउने तरिका उनलाई सजिलो पनि लाग्यो ।

सामुदायिक सिकाई केन्द्रले मास्कमा लाग्ने इलास्टिक उपलब्ध गराउँछौं भनेपछि उनी मास्क सिलाइको काममा संलग्न भइन् । मास्क लिनका लागि टोलबासीहरु कोही नछुटुन र नदोहोरिउन भन्नेमा उनी सचेत छन् । उनी भन्छिन्, “विभिन्न महिला समूह अनि टोलहरुमा आवश्यकता अनुसार हामीले मास्क पठाउने गरेका छौं । कोही नछुटुन् र नदोहोरिउन भन्ने हेतुले नै हामीले मास्क दिँदै आएका छौं ।”

संकटको समयमा आफूले जानेको सिप प्रयोग गरी समाज र टोलवासीलाई केही गरौं भन्ने मनसायले मास्क बनाउने काममा लागेका बताउँछिन् रीता त्वाती । उनले मास्क बनाउन मिल्ने सुतिका एवं अन्य कपडा भए उपलब्ध गराउन पनि आग्रह गरिन् ।
त्वाती दिदी बहिनीले आफूहरुले बनाएको माक्स नजिकको समुदायको भक्तपुर नगर भित्रका वृद्ध वृद्धाहरुलाई समेत वितरण गर्दै  आएका छन् ।

सबैभन्दा बढी माक्सको आवश्यकता बूढाबूढी तथा महिलाका लागि  भएकाले त्यो वर्गलाई यी दिदिबहिनीले प्राथमिकतामा राखेका छन् । यी महिलाले अहिलेसम्म १ हजार ५ सयभन्दा बढी मास्क वितरण गरिसकेका छन् । एक मिटर कपडाबाट १५ वटा सम्म मास्क बन्ने उनीहरुले बताए । उनीहरुले दुवै तर्फबाट प्रयोग गर्न मिल्ने गरी मास्क बनाएको बताए । कपडा उपलब्ध गराएमा आफूहरु जति पनि मास्क  बनाउन तयार रहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  १७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC