site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘११ सय बढीको नमुना परीक्षण, दैशैभरका आइसोलेसनमा ९९ को उपचार हुँदै’
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना भाइरसको आशंकामा एक हजार एक सय ३३ जनाको नमुना संकलन गरी परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले गरेको आज पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले यसबारे जानकारी गराएका हुन् । “सातै प्रदेशका आइसोलेसनमा कोरोना भाइरसको आशंकामा ९९ जना भर्ना भएका छन्,” उनले भने, “आजबाट पोखरामा पनि कोरोना परीक्षण सुरु भइसकेको छ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

आज बेलुकासम्ममा हेटौंडामा पनि कोरोना परीक्षण हुने तयारी रहेको देवकोटाले बताए । “बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानले ४ दिनमा १२ जनाको परीक्षण गरेको छ,” उनले भने । उनले ६ हजार ९ सय कल आएकामा २४ घण्टामा मन्त्रालयको हटलाइन नम्बर १११५ र ११३३ मा दुई हजार ३ सय २३ कलको गुनासो समाधान गरेको जानकारी दिए । 

कन्ट्र्याक टेसिङको काम ८४ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ । “कन्ट्र्याक टेसिङ संक्रमितको नजिक रहेका मानिसलाई क्वारेन्टाइनमा राखिन्छ, नमुना परिक्षण गरिन्छ,” उनले भने ।
नेपालमा हालसम्म ५ जनामा कोरोना संक्रमण देखिएको छ भने दुई जनाको टेकु अस्पतालमा उपचार भइरहेको छ । एकको धनगढीको सेती प्रादेशिक अस्पताल र बाग्लुङको धौवलागिरि अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  १७:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC