site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ट्राफिक प्रहरीको सुत्ने खाटको दूरी एक मिटर, ड्युटीपछि व्यारेकभित्रै लकडाउन
Ghorahi CementGhorahi Cement

काठमाडौँ । दैनिक सडकमा खटिने ट्राफिक प्रहरीमा कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले सजगता अपनाएको छ । महाशाखाले कोरोना रोकथाम तथा सम्भावित माहामारीविरुद्ध न्यूनीकरण तथा प्रभावकारी व्यवस्थापनका लागि सजकता अपनाएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आफ्ना प्रहरी कर्मचारीहरूमा नोभेल कोराना भाइरस (कोभिड १९) को संक्रमणलाई मध्यनजर गर्दै बाहिरी प्रवेश गेटमा पीपीई पोसाक लगाई स्वास्थ्यकर्मीले थर्मल गनमार्फत् ज्वरो नाप्ने व्यवस्था गरेको छ । 

महाशाखाले यसअघि नै कार्यालय प्रवेश गर्नुअघि हरेक प्रहरी कर्मचारी र सेवाग्राहीहरुले पहिले साबुन पानीले अनिवार्य हात धुनका लागि पानीको धारा र छेउमा हेन्ड वास राखिसकेको छ। हात धोईसकेपछि मात्र कार्यालय प्रवेश गर्न पाइने व्यवस्था मिलाइएको छ । त्यस्तै महाशाखाका मातहतका ४४ वटै ट्राफिक कार्यालयहरूमा पनि नियमित रूपमा हात धुने व्यवस्था मिलाएको महाशाखाले जनाएको छ ।

Agni Group

महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार प्रहरी कार्यालयमा विभिन्न किसिमका मानिसहरु आवतजावत गर्ने तथा दैनिक प्रत्यक्ष सडकमा खट्टिनुपर्ने भएकाले कोरोनो भाइरसको संक्रमणबाट बच्नका लागि पूर्व सावधान रहन यस्तो व्यवस्था गरिएको बताए।

महाशाखाले प्राविधिकहरूको सहयोगमा आफैं सेनिटाइजर उत्पादन गरी प्रत्येक ट्राफिक प्रहरीहरूलाई सेनिटाइजरसँगै मास्क पनि वितरण गरिसकेको जानकारी  प्रवक्ता जीवनकुमार श्रेष्ठले दिए ।

Global Ime bank

कोरोना भाइरस समन्वय डेस्क
महाशाखाले स्वास्थ्यकर्मीसहित प्रनाउको कमान्डमा समन्वय डेस्कसमेत गठन गरेको छ । त्यस्तै महाशाखाले २५ जनाको लागि क्वारेन्टाइन वार्ड तयार गरेको जनाएको छ ।

ट्राफिक प्रहरीले विशेष परिस्थिति र आवश्यकताको आधारमा मात्र बिदा र छुट्टी दिने व्यवस्था मिलाएको छ । बिदाबाट फर्किएका व्यक्तिहरुलाई अनिवार्य १४ दिनसम्म होम क्‍वारेन्टाइनमा राखेर जाँचपछि मात्रै ड्युटी खटाउने जनाएको छ ।

ब्यारेकभित्रका ट्राफिक प्रहरीको सम्पूर्ण सुरक्षा व्यवस्थाको प्रबन्ध मिलाइएको महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए । ब्यारेकमा सुत्ने खाटको दूरी घटीमा एक मिटरको राख्ने व्यवस्था गरेको छ । त्यस्तै सबै ट्राफिक प्रहरीलाई ड्युटीपश्चात् ब्यारेक हाताभित्र नै लकडाउन गरिएको छ । साथै ड्युटीमा रहँदा जो कसैसँग पनि कम्तीमा २ मिटरको दूरीमा कायम गर्ने व्यवस्था पनि मिलाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  १७:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC