site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोना नियन्त्रणको सामग्री ल्याउने ओबीसीआई कम्पनीसँगको सम्झौता रद्द
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओबीसीआई प्रालिसँग कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सामग्री ल्याउन गरिएको सम्झौता रद्द गरेको छ । कम्पनीले सम्झौताभन्दा कम सामग्री आपूर्ति गरेपछि सम्झौता रद्द गरिएको मन्त्रालयले जनाएको छ । 

गत शनिबार आफूहरूले माग गरेकोमध्ये १० प्रतिशत मात्र सामान आएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिए । बुधबार गरेको पत्रकार सम्मेलनमा उनले आफूहरूले मागेभन्दा कम सामान आएको हुँदा त्यो कम्पनीसँग गरेको सम्झौता रद्द गरेको जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

“भोलि दिनुपर्ने सामान पनि दिने छाँटकाँट नदेखिएपछि हामीले सम्झौता रद्द गरेको हो,” उनले भने, “सम्झौता रद्द गरी धरौटी जफत गर्ने र कालोसूचीको प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ ।”

मन्त्रालयले ओबीसीआईसँग कोरोना भाइरस रोकथाम र नियन्त्रण लागि चीनबाट विभिन्न स्वास्थ्य सामग्री आपूर्तिका लागि सम्झौता गरेको थियो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  १७:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC