site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कोरोनाबाट २० लाखको मृत्यु हुने राष्ट्रसंघको चेतावनीप्रति बंगलादेशको प्रतिक्रिया- 'तयारी अवस्थामा छौं'
Sarbottam CementSarbottam Cement

ढाका । संयुक्त राष्ट्रसंघले नोभेल कोरोना भाइरसबाट बंगलादेशमा २० लाख मानिसको मृत्यु हुने चेतावनी दिएकोप्रति बंगलादेशले प्रतिक्रिया दिएको छ । बंगलादेशले राष्ट्रसंघको उक्त चेतावनी संक्रमण नियन्त्रणका लागि कुनै पहल नभएको भन्‍ने अनुमानका आधारमा आएको प्रतिक्रिया दिएको छ । 

कोरोना नियन्त्रणका लागि पूर्वसावधानीका विभिन्‍न रणनीतिहरु अपनाएको बंगलादेशले जनाएको छ । बंगलादेशका विदेश राज्यमन्त्री मोहम्मद शाहरिआर अलामले 'दिस विक इन एसिया'सँग कुरा गर्दै भने, "बंगलादेशले सामाजिक दरी कायम गर्ने रणनीतिलाई कार्यान्वयन गरेको छ । सम्पूर्ण मल, पसल र रेस्टुरेन्टहरु बन्द गरेको छ । सम्पूर्ण राष्ट्रिय र चीनबाट आउने र जाने अन्तर्राष्ट्रिय उडानहरु रद्द गरिएका छन् । महामारीविरुद्ध अरुसँग मिलेर सामना गरिरहेको र भारत र चीनबाट मेडिकल सामग्री आयात गरिएका छन् ।" 

Prabhu Bank
Agni Group
NIC Asia

"संयुक्त राष्ट्रसंघको रिपोर्ट अनुमानका आधारमा आएको छ," उनले थपे, "यदि गहिरिएर सोच्‍ने हो भने हामीले थुप्रै सावधानी अपनाएका छौं ।" मंगलबारसम्म १६ करोड जनसंख्या भएको बंगलादेशमा ५१ कोरोना संक्रमित फेला परेका छन् भने पाँच जनाको मृत्यु भएको छ । यही संख्याले पनि हामीले महामारीविरुद्ध लड्‍न पूर्वतयारी गरेको थाहा पाउन सकिने उनले बताए । 

उनले केही हदसम्म बंगादेशको अर्थतन्त्रमा असर गर्ने बताएका छन् । सोमबार बंगलादेशका गार्मेन्ट उत्पादन र निर्यात कम्पनी एसोसियसनल करिब तीन अर्ब बराबरको सामानको माग रद्द भएको बताएको छ । करिब १० लाख मजदुरहरुले जागिर छोड्‍नु परेको छ । 

Global Ime bank

गत साता संयुक्त राष्ट्रसंघले अति जनघनत्व भएको बंगलादेशमा करिब पाँच लाखदेखि २० लाख मानिसको मृत्यु हुनेसक्‍ने चेतावनी दिएको थियो । - साउथ चाइना मर्निङ पोस्ट 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  १६:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC