साहित्य
‘स्टार वार्स’ अभिनेता एन्ड्रयु ज्याकको कोरोना भाइरसका कारण निधन भएको छ । कोरोना संक्रमित ७६ वर्षीय ज्याकको मंगलबार सरेस्थित अस्पतालमा निधन भएको ज्याकका एजेन्ट जिलले विज्ञप्ति जारी गरी जानकारी दिएका हुन् ।
अभिनेता ज्याक ‘स्टार वार्स’ सिरिजको एपिसोड ८ मा अन्तिम जेडीको भूमिकामा देखिएका थिए । भने ‘सोलो ः ए स्टार वार्स स्टोरी एन्ड स्टार वार्स’ को एपिसोड ७ मा पनि देखिएका थिए ।
अस्ट्रेलियामा रहेकी उनकी श्रीमतीले सामाजिक सञ्जालमा लेखेकी छन्, “२ दिनअघि मात्रै ज्याकमा कोरोना पत्ता लागेको थियो । ऊ कुनै पीडामा थिएन, परिवार सबैको साथ छ भनेर थाहा पाएर ऊ शान्तिपूर्वक गयो ।”
(हिन्दुस्तान टाइम्स)
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६ १५:२९
प्रतिक्रिया दिनुहोस्