site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । निर्वाचन आयोगले विहिबारदेखि मतदाता परिचयपत्र वितरण सुरु गरेको छ । वैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचनका लागि विहिबारदेखि मतदाता परिचयपत्र वितरण सुरु गरेको हो । 

मतदानका लागि मतदाता परिचय पत्र आवश्यक पर्ने कानुनी व्यवस्था अनुसार मतदाता परिचय पत्र वितरणको काम सुरु गरिएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले जानकारी दिए । विहिबार, शुक्रबार र शनिवार ३ दिन सम्बन्धित मतदान केन्द्रले मतदाता परिचय पत्र वितरण गर्नेछ । निर्वाचन आयोगले मतदाता परिचय वितरणसँगै मतदात शिक्षा कार्यक्रमको पनि व्यवस्था गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सम्बन्धित मतदान केन्द्रमा मतदाता शिक्षाका लागि निर्वाचन शिक्षा कार्यकर्ताको समेत व्यवस्था गरिएको प्रमुख निर्वाचन आयुक्त यादवले स्पष्ट पारे । निर्वाचन आयोगले मतदाता परिचय वितरणको समय भने सम्बन्धित मतदान केन्द्रले त्यहाँको परिस्थिति अनुकूल हुने गरी तय गर्ने पनि स्पष्ट पारेको छ ।

निर्वाचन आयोगले सबै निर्वाचन अधिकृतहरु तोकिएको मतदान केन्द्रमा पुगेर मतदान स्थलको व्यवस्थापनमा जुटिसकेको पनि जानकारी दिएको छ । पहिलो चरणको निर्वाचन अन्तरगत प्रदेश नम्बर ३, ४ र ६ नम्बर अन्तरगतको २ सय ८३ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ । निर्वाचन आयोगले बैशाख ३१ गते विहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान हुने पनि स्पष्ट पारेको छ । मतदान सम्पन्न हुनेवित्तिकै मत गणना गर्ने जिम्मेवारी सम्बन्धित मतदान अधिकृतलाई जिम्मेवारी दिइएको निर्वाचन आयोगले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०७४  १२:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC