site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चिकित्सकमा तर्सने रोग : बिरामी र आफन्तलाई तनाव !
Sarbottam CementSarbottam Cement

झापा । झापाको कनकाईस्थित एक औषधि पसलमा सामान्य स्वास्थ्य परीक्षणका लागि आएका बिरामीलाई चिकित्सकले स्वास्थ्य परीक्षण गर्न नमानेपछि बिरामी साथै परिवारमा मानसिक तनाव बढेको छ ।

कोरोना भाइरसको त्रासका कारण अस्पतालमा जान छाडेका चिकित्सकले औषधि पसलको दैनिक सेवामा समय दिए पनि सामान्य अवस्थाका बिरामी देख्दासमेत तर्सिने गरेपछि सर्वसाधारण चिन्तित भएको स्थानीयको भनाइ छ । जोखिम मोलेर सेवा दिँदै गरेको बताउने औषधि व्यवसायीले  मौसम परिवर्तनसँगै मानिसमा देखिने सामान्य ज्वरो, रुघाखोकी, झाडापखालालगायत बिरामी आउँदासमेत प्राथमिक उपचारका साथमा कुनै किसिमका औषधिसमेत दिन नसक्दा सामान्य समस्याका लागि पनि ठूलै स्वास्थ्य अस्पताल धाउनुपरेको स्थानीय दुर्गा चापागाईंको गुनासो छ ।

Prabhu Bank
Agni Group
NIC Asia

झापाका विभिन्न अस्पतालमा बिरामीको सेवा दिँदै आएका डा. ज्ञानदेव ठाकुर आफ्नो नियमित सेवामा कनकाईस्थित प्रधान मेडिसिन सेन्टरमा गएका बेला चापागाईं आफ्नो छोरा लक्ष्मीप्रसादको  स्वास्थ्य परीक्षणका लागि पुगेका थिए । पिसाबमा इन्फेक्सनको समस्याका कारण केही अस्वस्थ भएपछि प्राथमिक चरणको उपचार गर्न पिसाब र रगत जाँचका लागि आइतबार बिहानैदेखि चापागाईं प्रधान मेडिसिन सेन्टरको सम्पर्कमा थिए । सेन्टरका सञ्चालक सुरेन्द्र प्रधानले प्रयोगशालामा काम गर्ने स्टाफ बिदामा रहेकाले हाललाई आफ्नो  सेवा बन्द भएको जानकारी दिएका थिए ।

विभिन्न रोगका विशेषज्ञ चिकित्सकको सेवा सञ्चालनमा रहेको प्रचारबाजी गर्दै आएका यस क्षेत्रका केही औषधि पसलमा दैनिक सेवामा आएका चिकित्सकले वर्तमान अवस्थामा सामान्य अवस्थाका विरामीलाई समेत नहेरेपछि स्थानीय बासिन्दा प्राथमिक उपचारबाटै वञ्चित बनेका हुन् ।  मुख्य बजार क्षेत्रमा रहेका नाम चलेका औषधि पसलमा आउने दैनिक सेवाका चिकित्सकले बिरामी हेर्न नमानेपछि तत्कालको अवस्थामा सेवाग्राही संकटमा परेका छन् । 

Global Ime bank

विपत् व्यवस्थापन कोषबाट राहत
कनकाई नगरपालिकाले कोरोना भाइरसको न्यूनीकरणका लागि सरकारले गरेको लकडाउनका समयमा विपन्न परिवारलाई अत्यावश्यक सामग्री जुटाउने उद्देश्यले स्थापना गरेको रु ३५ लाखको विपत् व्यवस्थापन कोषबाट राहत सामग्री वितरण गर्ने भएको छ ।  

कनकाई नगरका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरमा रहेका अतिविपन्‍न परिवारको पहिचान गरी १० देखि १५ दिनसम्म पुग्ने खाद्य सामग्री वितरण गरिने जनाए । कोरोना भाइरसको संक्रमण फैलिन नदिन नगरपालिकाले ४० शय्या क्षमताको क्‍वारेन्टाइन स्थापना गरी शंकास्पद  व्यक्तिलाई संरक्षण दिइरहेको छ । 

यसरी संरक्षणमा रहेका व्यक्तिलाई निःशुल्क स्वास्थ्यकर्मीको रेखदेखमा खाने, बस्‍ने,  शौचालयका साथै वाईफाईसमेत व्यवस्था गरिएको बताइएको छ । वर्तमान परिस्थितिमा लकडाउन पालना गर्न प्रमुख पोखरेलले सम्पूर्ण नगरवासीलाई अपिलसमेत गरेका छन् । -रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  १४:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC