site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विदेशबाट आएकाको घरमा रातो चिह्‍न
Sarbottam CementSarbottam Cement

कोभिड १९ को सङ्क्रमण रोकथामका लागि सडक अवरुद्ध :
कोरोना भाइरसको सङ्क्रमण रोकथाम र न्यूनीकरणका लागि सरकारले लागू गरेको लकडाउन अवधिभर नयाँ मानिस गाउँ प्रवेश नगरून् भन्ने उद्देश्यले नवलपुरको कावासोती नगरपालिका १७, ढोकीका स्थानीयले रूख र ढुंगा राखेर अवरुद्ध गरेको सडक । तस्बिर : रासस
 

 

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाले विदेशबाट आएका व्यक्तिको घरमा रातो चिह्‍न राखेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

गाउँपालिकाको  प्रत्येक वडामा सम्बन्धित वडाका जनप्रतिनिधिमार्फत रातो चिह्‍न राख्‍ने काम गरेको हो । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण फैलिने त्रासले सावधानी अपनाउँदै बाहिरबाट आएका व्यक्तिको पहिचान गरी उनीहरुको घरमा रातो चिह्‍न लगाउने कार्य गरिएको विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले जानकारी दिए ।

भारत वा अन्य मुलुकबाट आएका नागरिकमा कोरोना सङ्क्रमणको उच्च जोखिम रहने भएकाले बाहिरबाट आएका ५ सय जनाको पहिचान भइसकेको र उनीहरुको घर पहिचानका लागि अहिले सम्म ३ सय घरमा रातो चिह्‍न राखिएको गाउँपालिका अध्यक्ष थापाले बताए । उनीहरु सबैलाई क्‍वारेन्टाइनमा राखिएको छ । 

Global Ime bank

विजयनगर गाउँपालिकाको वडा १ मा ५२, २ मा ६० र ३ मा ५१ जनाको घरमा रातो चिह्‍न लगाइसकिएको छ । वडा ४ मा ५९, ५ मा ७४, ६ मा ३७ र ७ मा ९५ जनाको घरमा रातो चिह्‍न लगाउने कार्य जारी छ । 

गाउँपालिकाले बाहिरबाट आएका व्यक्तिको तथ्यांक संकलन गरेपछि यो अभियान चालेको प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले जानकारी दिए । रातो चिह्‍न राखिएको घरको पहिचान हुनुका साथै सङ्क्रमणबाट सचेत पनि हुने र तथ्यांक संकलनमा सहज हुने उनले बताए । -रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  १४:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC