site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
यो वर्ष रिलिज हुन नपाएका चलचित्र 
Ghorahi CementGhorahi Cement

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण केही नेपाली चलचित्र रिलिज डेट तोकेर पनि प्रदर्शनमा आउन पाएनन् । 

पत्रकार फूलमान बलले निर्देशन गरेको चलचित्र ‘नीरफूल’ कोरोनाकै कारण दुईपटक रिलिज डेट सारेर पनि रिलिज हुन सकेन । 

Agni Group

‘म यस्तो गीत गाउँछु–२’, ‘प्रेम गीत–३’, ‘चपली हाइट–३’ र ‘लक्का जवान’ यही वर्ष रिलिज हुँदैथिए । तर कोरोना भाइरसका कारण यी चलचित्र पूर्व निर्धारित समयमा प्रदर्शन हुन सकेनन् । 

फागुन २३ गते रिलिज हुने भनिएको ‘म यस्तो गीत गाउँछु–२’, चैत २८ गते प्रदर्शनमा आउने तयारी गरेको ‘प्रेम गीत–३’, ‘चपली हाइट–३’ यो वर्ष इनिसियल व्यापार राम्रो गर्ने चलचित्रका रुपमा अपेक्षा गरिएको थियो । शिवहरी पौडेलको निर्देशन ‘लक्का जवान’ले चैत २१ गतेका लागि रिलिज डेट लिएको थियो ।

Global Ime bank

यो वर्ष ‘आमा’ र ‘सेन्टी भाइरस’ फागुन ९ गते रिलिज भएपछि त्यसयता नोटिस गरिएका चलचित्र प्रदर्शनमा आउन सकेनन् । फागुन १६ गते चलचित्र ‘धुलो’ रिलिज भए पनि यो खासै प्रचारप्रसार नगरी प्रदर्शनमा आएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  १३:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC