site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
क्‍वारेन्टाइन निर्माणमा स्थानीयको विरोध
Sarbottam CementSarbottam Cement

दाङ । दाङको देउखुरीमा क्‍वारेन्टाइन निर्माण गर्ने विषयमा स्थानीयले विरोध गरेका छन । 

लमही नगरपालिका ३ मा रहेको बाल जनता माध्यामिक विद्यालय वनगाउँमा कोरोना भाइरसका सम्भावित बिरामीलाई राख्‍न क्‍वारेन्टाइन बनाउने निर्णय भएको थियो । तर सरकारले गरेको उक्त निर्णयलाई वडा ३ का स्थानीयले अस्वीकार गर्दै विरोध गरेका हुन् । क्‍वारेन्टाइन बनाउने भनेर तोकिएको उक्त विद्यालयमा राख्‍न नहुने भन्दै गाउँदेखि टाढा व्यवस्थापन गरिनुपर्ने स्थानीय श्याम चौधरीले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

केही दिनअघि मात्र लमही नगरपालिका ७ मा रहेको सम्राट सिमेन्ट कम्पनीमा मालवाहक ट्रक लिएर आएका पाँच भारतीयमध्ये गएराति दुई जना क्‍वारेन्टाइनबाट भागेका छन् । लमही नगरपालिकाले देउखुरी बहुमुखी क्याम्पस र बालजनता माध्यमिक विद्यालय वनगाउँमा क्‍वारेन्टाइन बनाउने निर्णय गरेको छ । 

लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले यस्तो विषम् परिस्थितिमा मानवीय व्यवहार देखाउन स्थानीयसँग आग्रह गरेका छन् । उनले देश संकटमा रहेका बेला स्थानीय सरकारलाई सहयोग गर्नसमेत सबैमा अनुरोध गरेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  १३:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC