site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 संकटमा पनि भ्रष्टाचार !

विश्व स्वास्थ्य संगठनले केही साताअघि नै नेपाल उच्च कोरोनाभाइरस संक्रमणको जोखिममा भएको र भारतसहित दक्षिण पूर्वी एसियाका ११ मुलुकमा संक्रमण तीव्र गतिमा फैलिने चेतावनी दिएको थियो । हालसम्म नेपालमा पाँचजनामा कोरोना संक्रमण देखिएको छ । नेपाल सरकारले कोरोना परीक्षणको दायरा बढाउन र संक्रमितको सम्पर्कमा रहेका व्यक्तिको पहिचान गर्न पनि सकेको छैन । १४ दिनसम्म लक्षण नदेखिएका मानिसमा पनि भाइरसको संक्रमण हुने यसको प्रकृतिप्रति नेपाल सजग र सचेत देखिएको छैन । 

निकै बिलियो स्वास्थ्य प्रणाली, उच्च सजगता, गम्भीर सचेतता, आर्थिक महाशक्ति भनिएका मुलुक त यस भाइरसको अघि हायलकायल भएका छन् भने नेपालजस्तो निकै कमजोर स्वास्थ्य प्रणाली र सानो अर्थतन्त्र भएको मुलुकमा यसले पार्ने असरको मूल्य निकै ठूलो हुने निश्चितै छ । अमेरिकाजस्तो मुलुकमा अक्सिजन, भेन्टिलेटर, मास्क, पन्जा र स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) को अभाव भएको छ भने नेपालको अवस्था के होला ? 

नेपालमा चीनबाट आएका एक विद्यार्थीमा माघ ४ गते अर्थात् जनवरी २३ मै कोरोना संक्रमण भेटिएको थियो । त्यसको दुई महिनासम्म कानमा तेल हालेर मस्त निदाएको 'मेरो सरकार' ले तेस्रो संक्रमित पुष्टि भएपछि एकाएक निर्णय गर्‍यो - सम्पूर्ण उडान रद्द, सीमा नाका बन्द र देशभर बन्दाबन्दी (लक डाउन) । राति निर्णय बिहानदेखि कार्यान्वयन । 

Prabhu Bank
Agni Group
NIC Asia

जनतालाई सजग हुनेसमेत मौका नदिई रातारात गरिएका यस्ता निर्णयबाट संशय पैदा भएको छ । जनतालाई घरभित्र हुलेर लक डाउन घोषणा गरेपछि तीन घन्टामा चीनबाट स्वास्थ्य सामग्री खरिद गर्न सम्पूर्ण प्रक्रिया मिचेर अघि बढ्यो - त्यो पनि १९ अन्य कम्पनीले हालेको कोटेसनभन्दा ४८ गुणा महँगो मूल्यमा । "संसारमा मानवताभन्दा ठूलो केही हुँदैन, त्यसकारण विश्वभरका सम्पूर्ण हिंसा र युद्धहरू रोक्दै कोरोनाविरुद्धको युद्धमा लड्न" राष्ट्र संघले आह्वान गरिसकेको छ । तर, नेपालको कम्युनिस्ट सरकारका मन्त्रीहरु भने कोरोनाभन्दा डरलाग्दो तरिकाले भ्रष्टाचारको संक्रमण फैलाइरहेका छन् । 

रातारात नेपाल लकडाउन र सीमानाका बन्द गर्दा गन्तव्यका लागि आफू बसेको थलो छोडेर निस्किएका भारतमा रहेका नेपाली मजदुर आफ्नो मुलुक छिर्न पाउनुपर्‍यो भन्दै सीमामा रोइरहेका छन् । उनीहरूको चित्कार सुन्‍ने कान यो सरकारसँग छैन । 

Global Ime bank

मानिसहरुले समयमा खानेकुरा पाइरहेका छैनन् । बिरामी हुँदा अस्पताल जानसकेका छैनन् । अन्य बिरामी भएर अस्पताल जाँदा कोरोनाको कारण देखाउँदै मृत्यु रोज्‍न बाध्य पारिएको छ । योभन्दा कहालीलाग्दो संकट अरू के हुनसक्छ ? 

जर्मनीको हिस्से प्रान्तका वित्तमन्त्रीले कोरोनाले अर्थतन्त्रमा पारेको संकटलाई उकास्‍ने विषयमा सोच्दासोच्दै डिप्रेसनमा गएर आत्महत्या गरे । कुनै नेता जनतालाई पर्ने संकटप्रति कति गम्भीर र चिन्तित हुन्छन् भन्ने उदाहरण हो यो । 

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन कोरोनाबाट संक्रमित छन् । तर, उनको सक्रियताले सिंगो बेलायतलाई उर्जा थपेको छ । उनले ६५ हजार अवकाश प्राप्त चिकित्सकलाई काममा फर्किन पत्र पठाउँदै अपिल गरे । तिनमा २० हजार फर्किए । 

भारत सरकारले मजदुरका लागि विशेष सहयोग प्याकेज घोषणा गर्दै केही परिमाणमा दाल, चामल उपलब्ध गराइरहेको छ । तर, नेपालमा भने बालुवाटारबाट कोही भोकै मर्दैन भनेर भाषण गरेर पुगेको छ । आजको यस लकडाउन र कोरोनाले उत्पन्‍न गर्ने विपत्तीको मूल्य भोलिका दिनमा चुकाउनुपर्छ । यसको लागि नेपाल सरकार कत्तिको तयार छ ?

चिकित्सकहरुले पीपीई मागेको माग्यै छन् । सरकार बिना हतियार युद्ध मैदानमा पठाउँदै छ । उनीहरुको सामाजिक सुरक्षा र बिमाको व्यवस्था गर्नु पर्दैन ? रातदिन जनताको सेवामा सडकमा खटिएका प्रहरीलाई विशेष भत्ता दिनु पर्छ कि पर्दैन ? व्यवसायीलाई प्रोत्साहन र सहुलियत खोइ ? संकटका बेलामा पनि मन्त्रीहरू भने भ्रष्टाचारका एकलव्य हुनु मुलुककै दुर्भाग्य हो । यसैले यस संकटमा पनि जनता आफैँ सजग हुनुको विकल्प छैन । मुलुकको सरकारले जनताप्रतिको दायित्वबोध गरेको छैन । नत्र, संकटमा पनि भ्रष्टाचारमा मुछिने थिएन । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  १२:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC