site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मन्त्रालयले किनेको कोरोना परीक्षण ‘र्‍यापिड टेस्ट किट’ काम नलाग्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खरिद गरेर ल्याएको कोरोनाभाइरसको परीक्षण गर्ने ‘र्‍यापिड टेस्ट किट’ काम नलाग्ने पाइएको छ । 

कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि मन्त्रालयले ओबीसीआईमार्फत खरिद गरेर ल्याएको ‘र्‍यापिड टेस्ट किट’ कामै नलाग्ने खालको भएको मन्त्रालय स्रोतले जानकारी दियो ।

विश्व स्वास्थ्य संगठनले समेत ‘र्‍यापिड टेस्ट किट’ कसैले पनि प्रयोग नगर्न भनेको छ भने स्वास्थ्य मन्त्रालयलेसमेत सो किट प्रयोग नगर्न सबैलाई अनुरोध गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो ‘र्‍यापिड टेस्ट किट’ अहिले प्रयोग नगर्ने बताउँछन् । 

“कोरोना परीक्षणमा हाल ‘र्‍यापिड टेस्ट किट’ प्रयोग गरेका छैनौंँ,” उनले भने, “तुरुन्तै प्रयोग गर्ने मन्त्रालयको योजना पनि छैन ।”

Global Ime bank

मन्त्रालयले गरेको मंगलबारको पत्रकार सम्मेलनमा स्वास्थ्य विज्ञ सल्लाहकार डा. खेम कार्कीले ‘र्‍यापिड टेस्ट किट’ प्रयोग गर्न विश्व स्वास्थ्य संगठनले स्वीकृत नदिएको बताएका थिए ।

“र्‍यापिड टेस्ट किट कोरोना भाइरस भएको नभएको छिटै थाहा पाउने किट हो,” उनले भने “सही नतिजा नआउने भएकाले विश्व स्वास्थ्य संगठनले प्रयोग नगर्न भनेकाले नेपालमा स्वास्थ्य मन्त्रालय अनुमति दिएको छैन ।”

उनले उक्त किटले आएको नतिजा नेगेटिभ कोरोना देखिएको मानिसमा पोजेटिभ देखिएमा एक प्रकारको समाजमा नकारात्मक असर पर्ने हुँदा प्रयोग नगर्न अनुरोध गरे । 

तर सोही किट मन्त्रालयले भने हाल ७५ हजार थान खरिद गरेर ल्याएको छ । 

मन्त्रालयले प्रतिकिट ८ डलरमा खरिद गरेको छ जुन ७५ हजार किटका लागि ६ लाख डलर अर्थात ७ करोड २० लाख नेपाली रुपैयाँ परेको छ । 

उक्त किटको प्रभावकारितामा प्रश्न उठेपछि स्पेनले फिर्ता गरेको थियो । 

दुई महिनाअघिको प्रक्रिया रद्द गरेर लकडाउनको समयमा तीन घण्टाभित्र महँगोमा मन्त्रालयले पीपीईसहितका स्वास्थ्य सामग्री खरिद गरेको थियो ।

स्वास्थ्य क्षेत्रको प्राविधिक ज्ञान कम भएका मानिसले नेतृत्व गर्दा कोरोना  नियन्त्रण र रोकथाम कार्यक्रम प्रभावकारी नभएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवम् जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनी बताउँछन् । “प्राविधिक विज्ञहरुको सल्लाहविना किट खरिद गर्दा अहिले यस्तो समस्या आएको देखिन्छ,” उनले भने ।

सांकेतिक तस्बिर 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  १२:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC