site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारतमा एक नेपालीको मृत्यु, शव ल्याउन समस्या
Ghorahi CementGhorahi Cement

दार्चुला । भारत उत्तराखण्डको मदकोटमा मजदुरी गर्न गएका एक नेपालीको झोलुंगे पुलबाट खसेर मृत्यु भएको छ । मार्मा गाउँपालिका २ का ४२ वर्षीय अगबरसिंह ठगुन्‍नाको मृत्यु भएको हो ।

लकडाउनका कारण घर फर्किन लागेका ठगुन्‍नाको मदकोट झोलुंगे पुलनजिकै मृत्यु भएको परिवारले जनाएको छ । गत कात्तिकमा मजदुरीका लागि मदकोट गएका उनको झोलुंगे पुलबाट खसेर मृत्यु भएको जानकारी आएको उनका आफन्त प्रमानन्द ठगुन्‍नाले बताए ।

Agni Group

घटनाबारे जिल्ला प्रहरी कार्यालय दार्चुलालाई भने अहिलेसम्म जानकारी प्राप्त नभएको जिल्लाका प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर शाहीले जनाए ।

नेपाल-भारत दुवैतर्फ लकडाउन भएको अवस्थामा शव ल्याउन समस्या भएको भन्दै पहल गरिदिन मृतकका आफन्तले आग्रह गरेका छन् । मृतकका आफन्त चिन्तन ठगुन्‍नाले भने, “हामी गाउँपालिकाबाट पत्र बनाएर ल्याउँदैछौं, नेपाल-भारत जोड्ने झोलुंगे पुल खुलाउने व्यवस्था गराइदिनुपर्‍यो ।”  भारतमा मजदुरको मृत्यु भएका कारण अहिले शव नेपाल ल्याउनै समस्या भएको छ । -रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  ११:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC