site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
हङकङमा ५० हजारलाई अनिवार्य क्‍वारेन्टाइन र ९० हजारको कोरोना परीक्षण
Sarbottam CementSarbottam Cement

हङकङ । हङकङले मुलुक बाहिरबाट आएका यात्रुहरुबाट नोभेल कोरोना भाइरसको संक्रमण फैलिँदा दोस्रो चरणको प्रकोपको सामना गर्नु परेको छ । पहिलो चरणको कोरोना प्रकोपलाई करिब नियन्त्रणमा लिएको हङकङ बाहिरबाट आएका यात्रुमा भएको कोरोना संक्रमणबाट थप समस्या परेको छ ।

हङकङमा मंगलबार दिउँसोसम्म ७१४ नयाँ संक्रमित फेला परेका थिए । यसअघिको साता मार्च २५ मा ४०७ कोरोना संक्रमित फेला परेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

हङकङबाट बाहिरबाट आएका करिब ५० हजार यात्रुलाई अनिवार्य क्‍वारेन्टाइनमा बस्‍न निर्देशन दिइएको मंगबार हङकङकी प्रमुख कार्यकारी क्यारी लामले नियमित ब्रिफिङका क्रममा बताएकी थिइन् । 

त्यसैगरी ९० हजार कोरोना परीक्षण गरिने बताइएको छ । हङकङमा हरेक १० लाखमा १२ हजार कोरोना परीक्षण गरिएको छ । यो विश्‍वकै उच्चदरको कोरोना परीक्षण भएको स्वास्थ्य सुरक्षा केन्द्रका निर्देशक डा. वाङ का-हिङले बताए । 

Global Ime bank

हङकङ सरकारले करिब ७० जनाले अनिवार्य क्‍वारेन्टाइन उल्लंघन गरेको लामले बताइन् । सरकारले क्‍वारेन्टाइन उल्लंघनमा शून्य-सहनशीलता अपनाइएको प्रमुख कार्यकारी लामले बताइन् । 

क्‍वारेन्टाइनमा बस्‍न निर्देशन दिइएकाहरुले नियम उल्लंघन गरेका २५ हजार हङकङ डलर अर्थात तीन हजार २२५ अमेरिकी डलर र ६ महिनाको जेल सजाय गरिने बताइएको छ । -सीएनएन 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  ११:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC