site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
स्वदेश फर्किन खोज्ने ३५० भारतीय पक्राउ, क्याम्पसमा राखियो
Sarbottam CementSarbottam Cement

काठमाडौं । मध्यरातमा पर्साका विभिन्न खुला सीमा क्षेत्रबाट स्वदेश पस्न लागेका ३५० भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । 

पोखरालगायत विभिन्न क्षेत्रबाट पैदल हिँडेर वीरगन्ज पुगेका उनीहरुलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल–भारत सीमा बन्द भएको अवस्थामा उनीहरु इनरुवा नाकाबाट भारत प्रवेश गर्न लागेका थिए । पर्सामा १०७ किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएकाले  खुला सीमाका कारण चुनौती थपिएको प्रहरी अधिकारी बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तले लकडाउनको समयमा दुवै देशको आवगमन ठप्प भएकाले उनीहरुलाई जान नदिइने बताइन् । 

Global Ime bank

उनले भनिन्, “अहिले उनीहरुलाई सदरमुकाममै रहेको एक छात्रावासमा राखेका छौं । उनीहरुलाई के गर्ने भन्नेबारे छलफल गर्छौ । उनीहरु आएकै क्षेत्र फिर्ता पठाउने वा यतै व्यवस्थित गर्ने सोच्दैछौं ।” 

उनीहरु नेपालका विभिन्न स्थानमा पेशा, व्यवसाय र मजदुरी गर्ने काममा संलग्न रहेको खुलेको छ । उनीहरुलाई ठाकुरराम बहुमुखी क्याम्पसमा राखिएको छ ।

तस्बिर सौजन्य : निखिल बर्नबाल । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  १०:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC