site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
  चीनमा लक्षण नदेखिएका कोरोना संक्रमितको खोजी सुरु 
Sarbottam CementSarbottam Cement

बेइजिङ । नोभेल कोरोना भाइरसको उद्‍गम मुलुक चीनले कोरोनाविरुद्धको दोस्रो चरणको लडाइँ सुरु गरेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले मंगलबार १ अप्रिलदेखि लक्षण नदेखिएका कोरोना संक्रमितको विवरण सार्वजनिक गर्ने घोषणा गरेको थियो । 

कोभिड-१९ लक्षण देखिनुअघि मानिसमा संक्रमण भइसक्‍ने र यसले चीनमा दोस्रो चरणको प्रकोप निम्त्याउनसक्ने चासोप्रति सजग हुँदै लक्षण नदेखिएका कोरोना संक्रमितको खोजीलाई अगाडि बढाएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

आयोगका एक उच्च अधिकारीले जनवरी २८ देखि २४ घण्टासम्म कुनै कोरोना संक्रमितको सम्पर्कमा रहेका तर कोरोनाका लक्षण नदेखिएका व्यक्तिहरुको विवरण दर्ता गर्न स्थानीय सरकारलाई आयोगले आग्रह गरेको बताए । सोमबारसम्म एक हजार ५४१ लक्षण नदेखिएका विरामीहरु सम्पर्कमा भएको र अस्पतालको निगरानीमा रहेको बताइएको छ । जसमा २०५ जना बाहिरबाट आएकाहरु रहेको एनएचसीले जनाएको छ । 

अधिकारीहरुले लक्षण नदेखिएका संक्रमितहरुलाई निगरानी गर्न, ट्र्याक गर्न, आइसोलेट गर्न र उचित तरिका उपचार गर्न आग्रह गरेका छन् । यसअन्तर्गत केही स्थानको नमुना संकलन गरेर संक्रमणको विश्लेषण गर्नसमेत जोड दिइएको छ । 

Global Ime bank

यस किसिमको पहलले चिनियाँहरु कोरोना महामारीविरुद्ध लडाइँमा पूर्ण सफलता हात पार्न लागिपरेको विश्‍लेषकहरुले टिप्पणी गरेका छन् । - ग्लोबल टाइम्स 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  ०९:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC