site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोनाले अमेरिकामा चीनमा भन्दा बढीको मृत्यु, लाखभन्दा बढीको ज्यान जान सक्ने !
Ghorahi CementGhorahi Cement

काठमाडौं । अमेरिकामा कोरोना भाइरसबाट मर्नेको सङ्ख्या चीनको भन्दा बढी भएको छ । अमेरिकामा हालसम्म मर्नेको सङ्ख्या ३६०६ पुगेको छ भने चीनमा ३३०९ को मृत्यु भएको थियो । अमेरिकी सरकारले कोरोनाले थप आक्रमण नगरोस् भनेर यसलाई रोक्ने अभियान ३० दिन बढाएको छ । 

जोन हप्किन्स युनिभर्सिटीले दिएको ताजा आँकडाअनुसार अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या १ लाख ८७ हजार ९१९ पुगेको छ भने चीनमा करिव आधा अर्थात् ८२ हजार २७८ रहेका छन् । ‘‘आगामी दुई साता अमेरिकाका निम्ति निकै चुनौतीपूर्ण हुनेछ,’’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार आयोजित प्रेस कन्फरेन्समा भने, ‘‘देशका सामु अभुतपूर्व चुनौती रहेको तपाईंहरुले देख्नुभएकै छ । हामी एउटा घातक भाइरससँग मिलेर युद्ध गरिरहेका छौं । हामीले जुटेर पूरै शक्तिका साथ यो युद्ध लड्नुपर्नेछ ।’’

Agni Group

प्रेस कन्फरेन्समा सहभागी ह्वाइट हाउसमा कोरोना भाइरस मामिलाका संयोजक डा. डेबोरा ब्रिक्सले नयाँ आँकडाअनुसार अमेरिकामा कोरोना भाइरसका कारण एकदेखि दुई लाखसम्मको ज्यान जान सक्ने चेतावनी दिए । उनले भने, ‘‘अहिले पनि केही नागरिक कोरोनाको जोखिमप्रति चिन्तित छैनन् । त्यसकारण पनि मर्नेको आँकडा बढ्न सक्छ ।’’ 

अमेरिकी सरकारका सङ्क्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले मानिसलाई बाहिर निस्कँदा मास्क प्रयोग गर्न अनुरोध गर्नुपर्ने बताए । यसअघि अमेरिकी सरकारले नागरिकलाई मास्क लगाउन अनुरोध गरेको थिएन । 

Global Ime bank

राष्ट्रपति ट्रम्पले मृत्यु हुनेको सङ्ख्या अहिले एक प्रोजेक्सन मोडलका आधारमा अनुमान गरिएको जानकारी दिए । 

‘‘एक महिनाभित्र यो महामारी समाप्त हुनेछ,’’ राष्ट्रपति ट्रम्पले एक प्रश्नको उत्तरमा भने, ‘‘म नागरिकलाई त्रसित पार्न चाहन्नँ, तर अमेरिका एउटा भयानक अवस्थाबाट गुज्रिरहेको छ ।’’

आगामी ३० दिनमा यो भाइरसलाई काबुमा ल्याउन कोरोना टास्कफोर्स सफल हुनेमा डा. फाउच पनि विश्वस्त छन् । यद्यपि, सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या वृद्धि हुने र त्यसका लागि अमेरिका तयार रहनुपर्ने कुरालाई नकार्न नसकिने उनी बताउँछन् ।   (बीबीसी)
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  ०९:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC