site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
 कोरोना फैलिएको दिल्लीको धार्मिक सभामा १९ नेपाली पनि सहभागी ! 
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीको निजामुद्दीन क्षेत्रमा भएको धार्मिक सभामा १९ जना नेपालीसमेत सहभागी भएको पाइएको छ ।

द इकोनोमिक, बिजनेश टुडे, आउटलुक इन्डियालगायतका  भारतीय सञ्‍चारमाध्यमहरुले मार्च १ देखि १५ सम्म सञ्‍चालन भएको उक्त १९ जना नेपालीसहित अन्य १६ देशका नागरिक सहभागी रहको दाबी गरेका छन् ।

उक्त सभामा अन्य कोरोना प्रभावित मुलुकका मानिसहरु पनि सहभागी भएको बताइएको छ । सभामा मलेसिया, इन्डोनेसिया, श्रीलंका, म्यानमार, किर्गिस्तान, थाइल्यान्ड, फ्रान्स, श्रीलंका, बंगलादेश, फिजी, कुवेत, अल्जेरिया, सिंगापुरलगायतका मुलुकबाट सहभागी रहेको बिजनेस टुडेले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

मंगलबार उक्त सभामा उपस्थित २४ जनामा कोरोना संक्रमण भएको पुष्टि गरिएको थियो । त्यसैगरी उक्त सभामा उपस्थित ६ जनाको तेलंगानामा मृत्यु भएको छ। 

दिल्ली प्रहरीले निजामुद्दीन क्याम्पसमा पछिल्ला दुई दिनमा खोजी गर्दा तीन सय जना विदेशी फेला पारेको छ। यसमा नेपालका १९ जना भेटिएका हुन् । 

Global Ime bank

निजामुद्दीनमा रहेको मुस्लिम संस्था तबलीगी जमातमा भारतका १९ राज्यमा मानिसले सहभागिता जनाएको खुलेको छ ।  कोरोना भाइरसको संक्रमण रोक्न भारत सरकारले देशैभर लकडाउन गर्नु अघि नै त्यहाँ मानिसहरू धार्मिक सभामा सहभागी भएको जनाइएको छ । 

दिल्लीका स्वास्थ्यमन्त्री सतेन्द्र जैनले सोमबार अधिकारीहरुले मानिसलाई त्यहाँबाट उद्धार गर्न सुरु गरेपछि एक हजार ३३ जनालाई विभिन्‍न अस्पतालमा भर्ना गरिएको जनाएका छन् । 

"उक्त धार्मिक समारोहमा उपस्थित ७०० जनालाई क्‍वारेन्टाइन गरिएको छ भने ३३५ जनालाई विभिन्‍न अस्पतालमा भर्ना गरिएको छ, " स्वास्थ्यमन्त्री जैनले भने । सरकारले उक्त समारोहमा उपस्थित सबैलाई स्क्रिनिङ गरिरहेको बताएका छन् । 

भारतको तथ्यांकअनुसार दिल्लीको धार्मिक समारोहमा उपस्थित आन्ध्र प्रदेशका १७ जनामध्ये १० जनामा कोरोना पोजेटिभ देखिएको छ । 

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले उक्त धार्मिक समारोह आयोजकविरुद्ध एफआईआर दर्ता गर्न निर्देशन दिएका छन् । अहिले उक्त क्षेत्रमा त्रास बढेको छ र सिल गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  ०८:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC