site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लकडाउनभर विद्युतीय शव दाह गृहमा निःशुल्क दाह संस्कार 
Sarbottam CementSarbottam Cement

पशुपतिस्थित आर्यघाट : फाइल तस्बिर


काठमाडौं । सरकारले आर्थिक अवस्था कमजोर भएका परिवारका मृत सदस्यको लागि पशुपति आर्यघाटको विद्युतीय शव दाहगृहमा निःशुल्क दाह संस्कारको प्रबन्ध मिलाएको छ । 

लकडाउनको समयमा कमजोर आर्थिक अवस्था भएकालाई दाह संस्कारका लागि पैसा जुटाउन झन कठिन हुने भन्दै निःशुल्क दाह संस्कारको व्यवस्था मिलाइएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालका अनुसार सामान्य अवस्थामा कुनै सामाजिक संस्थाको सिफारिसमा आएका गरिब परिवारलाई मात्रै यो सुविधा दिँदै आएको भए पनि अहिले बिनासिफारिस नै निःशुल्क दाह संस्कारको व्यवस्था मिलाइएको छ । 

“यो सुविधा विद्युतीय शव दाह गृहमा मात्रै प्रदान गरिएको छ । दाउराले जलाउने ठाउँमा भने तोकिएको शुल्क तिर्नुपर्छ,” कोषका सदस्य सचिव ढकालले बाह्रखरीसँग भने । 

Global Ime bank

सोमबार र मंगलबार मृत्यु भएका दुईजनाको शव निःशुल्क जलाइएको थियो । ढकालका अनुसार यो सुविधा लकडाउनको अवधिभर मात्रै प्रदान गरिने छ । विद्युतीय शव दाहगृहमा जलाउन चार हजार रुपैयाँ शुल्क तिर्नुपर्छ । 

चितामा भने भीआईपीबाहेक सामान्यमा समेत न्युनतम ६ हजार रुपैयाँ शुल्क लाग्छ । 

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण न्युनीकरणका लागि सरकारले लकडाउन गरेसँगै पशुपति आर्यघाटमा अन्तिम संस्कारका लागि ल्याउने शवको संख्यामा कमी आएको छ । 

दैनिक ३०–३५ जनालाई दाह संस्कारका लागि ल्याउने गरिएकोमा यो संख्यामा कमी आएको हो । 

“लकडाउन सुरु भएपछि जसलाई जहाँ सहज हुन्छ त्यहीँ शव जलाउन सुरु भयो,” सदस्य सचिव ढकाल भन्छन्, “लकडाउनका कारण टाढा टाढाबाट पनि अन्तिम संस्कारका लागि आर्यघाटमै ल्याउनेहरुलाई अवरोध सिर्जना भएपछि संख्यामा कमी आएको हो ।”

लकडाउनमा ७ देखि १० जनालाई मात्रै मलामी आउन अनुमति दिइएको छ ।  भीडमा कोरोना संक्रमणको जोखिम उच्च हुने भएकाले मलामीको संख्या ७ देखि १० जनामा सीमित गरिएको हो । 

भीडभाड नहोस् भनेर दर्शनार्थीलाई पशुपतिनाथको पूजा तथा दर्शनमा प्रतिबन्ध लगाइसकेको कोषले साँझ हुँदै आएको आरती पनि बन्द गरिसकेको छ । यद्यपि नित्य पूजा भने हुँदै आएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  ०८:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC