site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
 
काठमाडौं । विवादै विवादले घेरिएका र आप्mनै पार्टीका दिग्गजहरूबाट आलोचित रिपब्लिकन पार्टीका राष्ट्रपति उमेदवार डोनाल्ड ट्रम्प आप्रवासीहरूविरुद्ध निकै कडारूपमा प्रस्तुत हुँदै आएका भए पनि उनकै पत्नी मेलिना ट्रम्पले एक दशकअघि आप्रवासन कानुन उल्लंघन गरेको हुनसक्ने आरोप लागेपछि अर्को विवादमा फँसेका छन् । 
सन् १९९५ मा न्यु योर्कमा मोडलिङ गर्दा मेलिनाले कुन प्रकारको भिसा पाएकी थिइन् भन्ने प्रश्नको मेलिनाले सन्तोषजनक उत्तर दिन नसकेको बीबीसीले शुकबार जनाएको छ । मेलिनाले आफूले सधैँ कानुन पालन गरेको दाबी गरे पनि भिसाको किसिम नखुलाएकाले विवाद कायमै रहेको हो । 
ट्रम्पको चुनाव अभियानका अधिकारीले पनि मेलिनाले कस्तो भिसा पाएकी थिइन् र कहिले पाएकी थिइन् भन्ने खुलाउन इन्कार गरेको बीबीसीले जनाएको छ । मेलिनालाई काम दिने एजेन्सीका मालिकले भने आफूले १९९६ मा मेलिनाका लागि एच १ भिसा प्रायोजन गरेको बताएका छन् । 
ट्रम्पको उमेदवारी घोषणाका दिन मेलिनाले गरेको भाषण राष्ट्रपति बाराक ओबामाकी श्रीमती मिसेल ओबामाले ८ वर्ष पहिले गरेको भाषणसँग मिलेपछि मेलिना विवादमा परेकी थिइन् । 
मेलिना स्लोभेनियाबाट अमेरिका आएकी हुन् । उनले आफू सन् २००६ मा अमेरिकी नागरिक भएको जानकारी दिएकी छिन् । 
डोनाल्ड ट्रम्पले आफ्नो चुनावी अभियानमा गैरकानुनी आप्रवासी र एच १ भिसाको दुरुपयोगको विषय निकै जोडका साथ उठाउँदै आएका छन् ।
 
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २१, २०७३  ०६:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC