site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
छतमै निर्माण गरिएको जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

जनकपुर । आस्थाको महापर्व चैती छठपर्व अन्तर्गत व्रतालुहरूले म‌ंगलबार यहाँ उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्वको समापन गरेका छन् । मुख्यरूपले जलाशयमा उभिएर सूर्यको उपासना गरिने यो पर्व यसपटक कोरोना भाइरस सङ्क्रमणलाई मध्यनजर गर्दै सरकारद्वारा जारी लकडाउनका कारण व्रतालुहरूले आ–आफ्ना छतमै जलाशय निर्माण गरी आराधना गरेका छन् ।

मूल विधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा छ । व्रतालुहरू छतमा निर्माण गरिएको जलाशयमा उभिएर दुवै हत्केलामा पिठार र सिन्दूर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उत्पादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अर्घ्य अर्पण गरेका थिए ।

अर्घ्यमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन छ । सूर्यलाई दिइने अर्घ्यमा  ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  २२:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC