site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
न्युयोर्कमा ७५ हजार कोरोना संक्रमितमध्ये १२ सय प्रहरी
Ghorahi CementGhorahi Cement


न्युयोर्क । संयुक्त राज्य अमेरिकाको सबैभन्दा बढी कोरोना प्रभावित राज्य न्युयोर्कमा आजसम्म कोरोना संक्रमितको संख्या ७५ हजार पुगेको छ । 

न्युयोर्कका गर्भनर एन्ड्रियु कोमोले राज्यभर कोरोना संक्रमितको संख्या ७५ हजार ७९५ पुगेको जानकारी गराएका छन् । 

Agni Group

जसमध्ये १२ सय न्युयोर्क पुलिस डिपार्टमेन्टका सदस्य रहेको जनाइएको छ । संक्रमितमध्ये १ हजार ४८ जना बर्दीधारी र १४५ जना सादा पोसाकका प्रहरी रहेको जनाइएको छ । 

सो डिपार्टमेन्टका ५ हजार ६ सय ७४ सदस्य अर्थात् १५ प्रतिशत जनशक्ति बिरामी रहेको जनाइएको छ । 

Global Ime bank

न्युयोर्कमा मंगलबारसम्म एक हजार ५५० कोरोना संक्रमितको मृत्यु भएको छ । गभर्नर कोमोले १० हजार ९२९ संक्रमितलाई अस्पताल भर्ना गरिएको बताएका छन् । - सीएनएन

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  २१:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC