site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
क्‍वारेन्टाइनले दर्शकसँग झनै नजिक बनायो : दीपक वज्राचार्य 
Sarbottam CementSarbottam Cement

रिदम ब्यान्डका सदस्यहरू आज (मंगलबार) बिहानैदेखि निकै उत्साही थिए । नहुन् पनि किन । १४ दिनको क्‍वारेन्टाइन बसाइपछि आज सबै आ–आफ्नो घर फर्किने दिन आएकाले ।

“आज घरबाट बच्चाहरूले पनि पटकपटक फोन गरेर बाबा कति बजे आउने भनेर सोधिरहेका थिए,” घर पुगेका दीपक वज्राचार्यले भने, “साथीहरूसँगै म पनि निकै एक्साइटेड भएँ ।”

दीपकसहित उनका रिदम ब्यान्डका ५ सदस्य विगत एक महिनादेखि परिवारसँग छुटिएर बसेका थिए । अस्ट्रेलिया र न्युजिल्यान्डमा सांगीतिक कार्यक्रममा गएका उनीहरू कोरोना भाइरसका कारण बीचमै कार्यक्रम छाडेर नेपाल फर्किए । यता आएर पनि घर गएनन् । सरकारको १४ दिन क्‍वारेन्टाइनमा बस्न दिएको निर्देशन पालना गरी भैंसेपाटिस्थित एक होमस्टेको क्‍वारेन्टाइनमा बसेर बिताए । 

Prabhu Bank
Agni Group
NIC Asia

कोरोना संक्रमित नभए पनि, विदेशबाट आएर परिवार र अरू साथीहरूसँग घुलमिल नहुने भन्दै सावधानी अपनाएर दीपकसहितको रिदम ब्यान्ड । यो १४ दिनको बसाइमा उनीहरूले संगीतमार्फत दशर्कलाई मनोरञ्जनसमेत दिए । 

चैत ११ देखि सरकारले लकडाउनको घोषणा गर्यो । जसमा जो जहाँ जस्तो अवस्थामा छ त्यस्तै अवस्थामा बस्ने र यताउती जान नपाइने भनेर । सरकारले लकडाउनको घोषणा गरेसँगै नेपालीहरूले सामाजिक सञ्जालको भित्ताभरि अत्यास त कसैले घरभित्रै बस्नुपर्ने भन्दै आक्रोश पनि पोखे । 

Global Ime bank

तर रिदम ब्यान्डले आफ्ना दर्शकको हतास मानसिकतालाई अलिअलि भए पनि ‘म्युजिकल मेडिसिन’ ले मेटाउने प्रयास गरे । सबै घरघरमै बसेर सामाजिक सञ्जालमार्फत सामाजिक दरी घटाइरहेका थिए र छन् पनि । यो एक साताभर हरेक दिन एक घण्टा रिदम ब्यान्डले दीपककै आधिकारिक फेसबुकपेजबाट भर्चुअल प्रस्तुति दिए । 

‘म्युजिकल मेडिसिन’ नाम दिएर सुरु गरिएको उक्त लाइभ प्रस्तुति लाखौं दर्शकले हेरे अनि मनोरञ्जन लिए । आफूहरूले सोचेभन्दा निकै राम्रो रेस्पोन्स र साथ मिलेकामा दीपक पनि पुलकित भएको बाह्रखरीसँग बताए ।

“हामीले सोचेभन्दा पनि राम्रो साथ र प्रतिक्रिया पायौं । दिनप्रतिदिन हजारौं, लाखौं दर्शकले हेर्नुहुन्थ्यो, हामीसँग कमेन्टमार्फत हसिमजाक गर्नुहुन्थ्यो । दर्शकहरू त रमाउनु भयो साथै हामी पनि क्‍वारेन्टाइनमा फ्रेस भयौं,” उनले भने, “प्रस्तुतिले दर्शकसँग झनै नजिक बनायो ।”

सोमबार अन्तिम प्रस्तुति दिँदै मंगलबारबाट घर जाने जानकारी दिएसँगै दर्शकहरू पनि भावुक भएर म्यासेज गरेको दीपकले सुनाए । “यो लकडाउनको समयमा दिनभरको तनाव बिर्सन हामी तपाईंहरूको लाइभ हेथ्र्यौं अब कसरी रमाउने भन्दै दर्शकहरू तथा शुभचिन्तकले म्यासेज गरिराख्नु भएको छ,” फेसबुकमा आएको कमेन्टबारे दीपकले सुनाए । 

०००

यो लकडाउनका बखत उनीहरूले लकडाउन भन्ने नयाँ गीत पनि प्रस्तुत गरे । जसको शब्द उनीहरूकै एक साथीको थियो । जसमा कसैले कल्पाना पनि नगरेको आजको दिनको यो महामारीको बयान गरिएको छ ।
क्‍वारेन्टाइन बसाइमा रिदम ब्यान्डले पाएको एक महत्त्वपूर्ण उपलब्धि युनिसेफसँग सहकार्य गरी एउटा नयाँ प्रोजेक्टका लागि भएको सम्झौतालाई मान्छन् । “क्‍वारेन्टाइनले दिएको एक महत्त्वपूर्ण उपलब्धि हाम्रो लागि युनिसेफसँग सहकार्य गर्न पाउनु नै हो” उनले भने, “कोरोनाले अहिले जति असर गरिरहेको छ, त्यसको ५ गुणा बढी असर पछि देखिनेछ । विशेष त आर्थिक पाटोमा । र त्यो समयमा मानिसमा झन मेन्टल प्रेसर बढ्न सक्छ ।” 

क्‍वारेन्टाइनमा फेरिएको बानी...

०००

रिदम ब्यान्डले सांगीतिक प्रस्तुतिबाट मनोरञ्जन दिनुका साथै जनचेतना पनि जगाउने कोसिस गरिरहेको छ । सरकारले हामीलाई जबरजस्ती थुनेको नभई आफू र आफ्नो परिवारकै लागि लकडाउन गरिएको सबैले बुझ्नुपर्ने दीपक सुझाउँछन् । आजै दीपकसहित उनको ब्यान्ड सबै क्‍वारेन्टाइनबाट घर पुगिसकेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  २०:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC