site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कोरोनाविरुद्ध लड्‍न दिइएका पीपीई स्यान्डविच बनाउँदा लगाउन उपयुक्त 
Sarbottam CementSarbottam Cement

लन्डन । लन्डन एम्बुलेन्स सर्भिसका प्यारामेडिक्सहरुलाई दिइएका व्यक्तिगत सुरक्षाका किट स्यान्डविच बनाउन उपयुक्त हुने दाबी गरेका छन् । आफ्नो नाम बताउन नचाहने दक्षिण लन्डनका एक चिकित्सकले भने, "कोरोनासँग लड्‍न सामान्य अप्रोन, ग्लभ्स र मास्क मात्रैले उचित सुरक्षा प्रदान गर्न सक्दैनन् ।" 

"मलाई लाग्छ सधैं म सधैं मेरो परिवारलाई पनि भाइरस बोकेर आउँछु," उनले बीबीसीसँग भने । लन्डन एम्बुलेन्स सर्भिसलाई दिइएका व्यक्तिगत सुरक्षा सामग्रीमा पीपीई केवल प्लास्टिकको अप्रोनजस्तो छ, ग्लभ्स र सर्जिकल मास्क मात्र छन् । अधिकांशले यसलाई अस्वीकार गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी सेतो बोइलर सुटको पीपीई, एफएफ३ मास्क र गगल्स कोरोना भाइरसको पुष्टि भएपछि मात्र दिइने भनेर स्टकमा राखिएको बीबीसीले जनाएको छ । 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्यारामेडिक्सहरुले पनि पूरा शरीर छोपिने गाउन लगाउनुपर्ने बताएको छ । तर, प्यारामेडिक्सलाई बाँडिएका पीपीई केवल स्यान्डविच बनाउने बेला लगाउन उपयुक्त हुने बताएका छन् । 

Global Ime bank

कोरोना भाइरसका बिरामीसँग पहिलो पटक सम्पर्कमा आउने एम्बुलेन्समा प्यारामडिक्सहरुलाई निकै पातलो प्लास्टिकको पीपीई दिइएको छ । -बीबीसी

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  १८:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC