site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रदेश १ बाट ४६ जनाको परीक्षण : ३० जनामा देखिएन कोरोना, अरूको रिपोर्ट आउन बाँकी
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रदेश १ बाट कोरोना भाइरस (कोभिड १९) आशंकामा ४६ जनाको नमुना संकलन भएको छ । तीमध्येमा १० महिला छन् । 

प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता सुरेश मेहताले भने, “संकलन गरिएकामध्ये ३० जनामा कोरोना देखिएन । १६ जनाको रिपोेर्ट आउन बाँकी छ ।” मेहताका अनुसार झापाबाट पाँच, मोरङबाट सात, सुनसरीबाट २५, धनकुटाबाट एकजना, तेह्रथुमबाट दुई, सोलुखुम्वुबाट दुई, उदयपुरबाट एकजना र पाँचथरबाट तीनजनाको नमुना संकलन गरिएको हो । सरकारले काठमाडौंबाहिर धरानस्थित बीपी प्रतिष्ठानमा कोरोना परीक्षण ल्याब सञ्चालनमा ल्याएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै प्रदेश १ मा आज सम्ममा चार महिलासहित ७ जना आइसोलेसनमा रहेको मेहताले बताए । सोलुखुम्बुमा एक, उदयपुरमा दुई, पाँचथरमा तीन र ताप्लेजुङबाट एकजना आइसोलेसनमा भर्ना भएका छन् । दुईजना डिस्चार्ज भइसकेको प्रवक्ता मेहताले जानकारी दिए ।

प्रदेश १ मा हालसम्म ३५ अस्पतालका ३ सय ६१ आइसोलेसन बेड तयारी अवस्थामा छन् । यस्तै सामाजिक विकास मन्त्रालयले प्रदेशका जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा अस्पतालहरूलाई कोरोना नियन्त्रणसम्बन्धी विभिन्न सामग्री वितरण गरेको छ । 

Global Ime bank

मन्त्रालयले आज पीपीई सेट २ सय ९७ थान, आईआर थर्मामिटर १६ थान, सर्जिकल मास्क २२ हजार १ सय ५० थान, ग्लोब्स १८ हजार ५ सय २६ थान, ह्याण्ड सेनिटाईजर ८ सय १८ थान र पीपीई गाउन ३५ वटा वितरण गरेको प्रवक्ता मेहताले बताए । 

यसैबीच प्रदेश १ का स्वास्थ्य संस्थाहरूले फिबर क्लिनिक बन्द गरेको भन्दै अविलम्ब सञ्चालन गर्न मन्त्रालयले निर्देशन दिएको छ । सामाजिक विकास मन्त्रालयले आकस्मिक र फिबर क्लिनिकबाहेकका सेवा बन्द गर्न निर्देशन दिए पनि कतिपय स्वास्थ्य संस्थाहरूले फिबर क्लिनिक पनि बन्द गरेको गुनासो आएपछि अविलम्ब सञ्चालन गर्न मन्त्रालयले निर्देशन दिएको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  १८:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC