site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लकडाउन उल्लंघन गर्नेहरू भेला हुँदै गफ गर्दै, प्रहरीलाई ‘पर–पर बस्नुस्’ भन्दाको सास्ती !
Ghorahi CementGhorahi Cement

काठमाडौं । सडकमा खटिएका प्रहरीहरू लकडाउन उल्लंघन गरेर कारबाहीमा पर्नेलाई ‘नजिक बसेर गफ नगर्नुस्’ भन्नमा व्यस्त देखिएका छन् ।

सरकारले लकडाउन उल्लंघन गरी सडकमा हिँड्नेलाई सोही स्थानमा तीन घण्टा उभ्याउने व्यवस्था गरे पनि उनीहरू भेला भएर गफ गर्न थालेपछि प्रहरी ‘टाढा–टाढा बस्नुस्’ भन्नमा व्यस्त देखिन्छन् ।

Agni Group

मंगलबार बाह्रखरीकर्मी कलंकी चोकमा पुग्दा अन्डरपासमाथि पुलको एक छेउमा २० पैदलयात्रुलाई उभ्याइएको थियो । तर, उनीहरू आपसमा भेला परेर गफ गर्न तल्लीन देखिन्थे ।

कलंकी चोकमा सुरक्षाको जिम्मेवारी पाएका प्रहरी सहायक निरीक्षकलाई बेलाबेलामा ती व्यक्तिहरूको हूल छेउमा गएर ‘कृपया पर–पर बसिदिनोस्’ भनिरहेका देखिन्थे ।

Global Ime bank

उनी भन्दै थिए, “तपाईंहरूलाई यो महामारीको जोखिम कम होस् भनेर घर बस्न आग्रह ग¥यौं । तपाईंहरूले मान्नु भएन । चेतावनीका लागि सडकमा उभ्याए पनि भेला भएर गफ गर्दै हुनुहन्छ । यसो गरे संक्रमणको जोखिम बढ्न कृपया भनेको सुनिदिनोस् ।”

ड्युटीमा खटिएका प्रहरी लकडाउन उल्लंघन गर्नेलाई एकमिटर दूरी कामय गरेर सोधपुछ गरिरहेका थिए । सडकमा हिँड्ने वा सवारीमा यात्रा गर्ने अधिकांश व्यक्तिहरू अत्यावश्यक वस्तु तथा सेवा प्रदान गर्ने क्षेत्रमा काम गर्ने तथा अत्यावश्यक काम परेर निस्किएका थिए ।

सरकारले अत्यावश्यक नभनेको काममा बाहिर निस्किनेलाई भने प्रहरीले यसरी तीन घण्टा थुनेर राख्ने गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  १८:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC