site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दिल्लीको एक धार्मिक कार्यक्रममा उपस्थित २४ जनामा कोरोना संक्रमण
Ghorahi CementGhorahi Cement

नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीको पश्चिम निजामुद्दिनमा आयोजित एक धार्मिक मण्डलीमा उपस्थितमध्ये २४ जनामा कोरोना संक्रमण भएको पुष्टि गरिएको छ । भारत सरकारले मंगलबार २४ जना कोरोना संक्रमित फेला परेको पुष्टि गरेका हुन् । 

दिल्लीका स्वास्थ्यमन्त्री सतेन्द्र जैनले सोमबार अधिकारीहरुले मानिसलाई त्यहाँबाट उद्धार गर्न सुरु गरेपछि एक हजार ३३ जनालाई विभिन्‍न अस्पतालमा भर्ना गरिएको जनाएका छन् । 

Agni Group

"उक्त धार्मिक समारोहमा उपस्थित ७०० जनालाई क्‍वारेन्टाइन गरिएको छ भने ३३५ जनालाई विभिन्‍न अस्पतालमा भर्ना गरिएको छ, " स्वास्थ्यमन्त्री जैनले भने । सरकारले उक्त समारोहमा उपस्थित सबैलाई स्क्रिनिङ गरिरहेको बताएका छन् । 

भारतको तथ्यांकअनुसार दिल्लीको धार्मिक समारोहमा उपस्थित आन्द्रा प्रदेशका १७ जनामध्ये १० जनामा कोरोना पोजेटिभ देखिएको छ । उक्त समारोहमा उस्थित तेलंगानाका कम्तिमा ६ जनाको मृत्यु भइसकेको सोमबार तेलंगाना सरकारले जनाएको छ । 

Global Ime bank

तेलंगाना सरकारले उक्त समारोहमा उपस्थित मानिसहरुलाई सम्पर्कमा आउन आग्रह गरेको छ । त्यसैगरी उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले उक्त समारोहमा उपस्थित मानिसहरुको खोजीका लागि स्थानीय अधिकारीहरुलाई निर्देशन दिइएको छ । 

भारतीय अधिकारीका अनुसार मार्च १ देखि १५ सम्म दुई हजारभन्दा बढी इन्डोनेसिया र मलेसियाली नागरिकले निजामुद्दीनको समारोहमा उपस्थित भएका थिए । भारतको राजधानी नयाँ दिल्ली भारतको कोभिड-१९ को नयाँ हटस्पट बन्‍नेसक्ने बताइएको छ । 

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले उक्त धार्मिक समारोह आयोजकविरुद्ध एफआईआर दर्ता गर्न निर्देशन दिएका छन् । अहिले उक्त क्षेत्रमा त्रास बढेको छ र सिल गरिएको छ । - डीएनए इन्डिया 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  १८:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC