site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
वीर अस्पतालमा मृत्यु भएका दुवैजनामा भेटिएन कोरोना संक्रमण
Sarbottam CementSarbottam Cement

काठमाडौं । वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका दुवै जनाको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबार अस्पतालमा उपचारका क्रममा मृत्यु भएका दुवैको कोरोना नेगेटिभ आएको बताए । “दुवैजनाको सोमबार नमुना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षणका लागि पठाइएको थियो,” उनले भने, “दुवैको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

आइतबार अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत महिलाको सोमबार बिहान मृत्यु भएको थियो । उनलाई मधुमेह, उच्चरक्तचाप र ज्वरोको समस्या देखिएको अस्पतालले जनाएको छ । 

त्यसैगरी, सोमबारै ज्वरोलगायत समस्या देखिएर बिहान अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका पुरुषको उपचारकै क्रममा दिउँसो मृत्यु भएको थियो । ती पुरुष भारतीय नागरिक हुन् । उनी भारतबाट आएको करिब एक सातामात्र भएको थियो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  १७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC