site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कोरोना नियन्त्रण गर्न आगामी ३० दिन निकै महत्त्वपूर्ण : ट्रम्प 
Sarbottam CementSarbottam Cement

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेल कोरोना भाइरस अर्थात् कोभिड-१९ नियन्त्रणका लागि आगामी ३० दिन निकै महत्त्वपूर्ण हुने बताएका छन् । 

उनले भने, "यस युद्धमाथि विजय प्राप्त गर्द हरेकले भूमिका खेल्नुपर्छ । हरेक नागरिक, हरेक परिवार, हरेक व्यवसायले विभिन्‍न तरिकाले कोरोना भाइरस नियन्त्रणका लागि भूमिका खेल्नुपर्छ । यो हाम्रो मुलुकका लागि गर्नुपर्ने साझा दायित्व हो । आगामी ३० दिन निकै चुनौतीपूर्ण हुनेछन् ।" 

Prabhu Bank
Agni Group
NIC Asia

उनले थपे, "र, यी ३० दिन निकै महत्वपूर्ण पनि हुनेछन् । यी ३० दिनमा हामीले कोरोना नियन्त्रण गरेर यथास्थितिमा फर्किनेछौं ।" 

राष्ट्रपति ट्रम्पले आइतबार सोसल डिस्टेन्सिङ गाइडलाइनको समयावधि बढाएर अप्रिल ३० सम्म बनाएका थिए । यसअघि इस्टर अर्थात अप्रिल १२ सम्म कोरोना नियन्त्रणमा आइसक्ने बताए पनि थप संक्रमण बढ्दै जाँदा र फाउकी टास्क फोर्सले एकदेखि दुई लाख मानिस मर्ने प्रक्षेपण गरेपछि ट्रम्प सजग भएका हुन् । -सीएनएन

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  १७:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC