site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चीनको जंगलमा लागेको आगो निभाउने क्रममा १८ अग्‍निनियन्त्रकको मृत्यु 
Ghorahi CementGhorahi Cement

बेइजिङ । चीनको सिचुआन प्रान्तको जंगलमा लागेको आगो निभाउने क्रममा १८ अग्‍निनियन्त्रण र उनीहरुका गाइडको मृत्यु भएको छ । घाइते अवस्थामा भेटिएका तीनजनालाई उपचारका लागि अस्पताल लगिएको छ भने एकजना गाइडको रुपमा रहेका स्थानीय फार्म सञ्‍चालक हुन् । 

उपचारका  सिन्ह्वा न्युज एजेन्सीका अनुसार हावाको गतिमा आएको बेगले आगोको दिशा मोडिएपछि मंगलबार बिहान उनीहरुको मृत्यु भएको बताइएको छ । अहिले आगो चीनको लियाङसाङ प्रान्तको एक हजार हेक्टर क्षेत्रमा फैलिइरहेको छ । उक्त क्षेत्रमा दुई हजार अग्‍निनियन्त्रक र उद्धारकर्ताहरु पठाइएको छ । उक्त क्षेत्रबाट करिब १२ सय मानिसहरुको उद्धार गरिएको छ । 

Agni Group

स्थानीय फार्मबाट सोमबारदेखि आगो सुरु भएको थियो । तीव्र गतिमा चलेको हावाका कारण आगो नजिकैको जंगलतर्फ फैलिएको हो । स्थानीय मिडियाका अनुसार आगोको धुवाँको मुस्लो नजिकैको सिछाङ सहरतर्फ आइरहेको छ । 

गत वर्ष पनि यस क्षेत्रमा लागेको आगो निभाउनेक्रममा ३० जना अग्‍निनियन्त्रकको मृत्यु भएको थियो । - बीबीसी 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  १७:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC