site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोना भाइरस : ८० कटेको जोडीको प्रेमलाई छेकेन सीमाले
Ghorahi CementGhorahi Cement

एजेन्सी । नोभेल कोरोना भाइरसले विश्वलाई आतंकित बनाइरहेका बेला केही रोचक र रमाइला प्रसंगहरु पनि सार्वजनिक भएका छन् । एक वृद्ध जोडी अहिले स्थानीय सेलिब्रेटी बनिरहेका छन् । उनीहरुबीच हुने दैनिक 'क्रस-बोर्डर' बैठकका कारण उनीहरु चर्चामा आएका हुन् । 

डेनमार्कका ८५ वर्षीया इन्जा रसमुसेन र जर्मनीका ८९ वर्षीय कार्स्तेन तुचसेन हान्सेन जर्मनीको एभेन्टोफ सहर नजिकै भेट गर्छन् । डब्लूएचओले सिफारिस गरेको २ मिटरको दूरमा बस्छन् र पेय पदार्थ सेवन गर्छन् । 

Agni Group

नोभेल कोरोना भाइरसको प्रकोपका कारण जर्मनी-डेनमार्कको सीमा दुई साताका लागि बन्द गरिएको छ । युरोपको साचेनजेन क्षेत्रमा यात्रा गर्न दिइएको छ । २५ वर्षमा पहिलो पटक दुई मुलुकबीचको सीमामा फेरि खुला गरिएको हो । विश्वव्यापी महामारीले ८० कटेका जोडीलाई भेट्‍नबाट रोक्‍न सकेन । 

"यो दुखद हो । तर, हामी यसलाई बदल्न सक्दैनौं," मिस रसमुसेनले जर्मनीको पब्लिक बोर्डकास्टर डचे वेलेलाई भने । यस संकटको बेला पनि उनीहरु स्थानीय सेलिब्रेटीजस्तै बनेका छन् । स्थानीय टोन्डर नगरका मेयर बाइकमा घुमिरहेका बेला यो जोडीलाई सीमामा भेटेर गफ गरिरहेको देखेका थिए ।

Global Ime bank

यो जोडी पहिलो पटक दुई वर्षअघि भेटेका थिए । तर, करिब एक वर्षभन्दा बढीको समयजति उनीहरुले सँगै भेटेका थिए । मिस रसमुसेन उनी बस्‍ने गलेहुसबाट सीमासम्म आइपुग्छिन् र सुडेरलुगमबाट हानसेन पनि सीमासम्म आइपुग्छन् । 

उनीहरु भेट्दा ग्लाससहित थोरै स्‍नाप्स (मदिरा) ल्याएर आउछन् र कुराकानीसँगै अलिअलि गर्दै चुस्की लिन्छन् । तर, रसमुसेनलाई भने कफीको लत छ । "म कार आफैं चलाएर जान्छु, " रसमुसेनले डेनिस पत्रिकालाई भनिन् । 

उनीहरुले विगतमा सँगै घुमेका कुराहरु स्मरण गरे । र प्रकोपको अन्त्य भएपछि फेरि संगै घुम्‍ने इच्छासमेत व्यक्त गरे । उनीहरुले यस प्रकोपको समयमा सम्बन्धलाई जीवित राख्‍न सिर्जनात्मक तरिका अपनाएका छन् । - बीबीसी 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  १७:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC