site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
भारतीय यी कलाकार जसले लकडाउनमा ठूलो धनराशि सहयोग गरे
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट भारतमा अहिलेसम्म ३२ जनाको मृत्यु भइसकेको छ । १२ सयभन्दा धेरै यसको संक्रमणका कारण मृत्युसँग जुधिरहेका छन् । कोरोनाको संक्रमणलाई महामारीको रुपमा फैलिन नदिन भारत सरकार यतिबेला २१ दिने लामो लकडाउनमा छ । 

सरकारले लकडाउन घोषणा गरेर नागरिकलाई घरबाहिर ननिस्किन आग्रह गरिरहेका बेला कोरोनासँग लडिरहेको सरकारलाई कलाकारहरुले पनि सहयोग गरिरहेका छन् ।

बलिउड स्टार अक्षय कुमारले २५ करोड भारतीय रकम सहयोग गर्ने घोषणा गरेका छन् । उनको यो सहयोगले भारतीय सञ्चार माध्यममा ठूलो स्थान पाइरहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अर्का बलिउड स्टार सलमान खानले २५ हजार फिल्मी मजदुरलाई सहयोग गर्ने घोषणा गरेका छन् । सलमानले भारतमा रहेका ५ लाख फिल्मी मजदुर मध्ये २५ हजार गरिब मजदुरलाई सहयोग गर्ने घोषणा गरेका हुन् । उनले फिल्मी मजदुरहरुको संगठनलाई लकडाउनले दैनिक जीविका गर्न कठिन २५ हजार मजदुरको बैंक खातामार्फत् आर्थिक सहयोग गर्ने भएका छन् ।

भारतमा २१ दिन लामो लकडाउनले दैनिक ज्याला मजदुरी गर्ने कामदारको जनजीवन कठिन बनिरहेका बेला सलमानले मजदुरलाई सहयोग गर्ने भएका हुन् ।  

Global Ime bank

साउथ इन्डियन हिरो प्रभासले पनि सरकारलाई ठूलो रकम सहयोगको घोषणा गरिसकेका छन् । बाहुबलीमार्फत् बलिउडमा पनि आफ्नो बलियो उपस्थिति जनाएका प्रभासले तीन करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । 
पवन कल्याणले डेढ करोड रुपैयाँ सहयोगको घोषणा गरेका छन् भने महेश बाबुले २५ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका छन् । 

टेलिभिजन कमेडियन कपिल शर्माले ५० लाख रुपैयाँ सहयोग गरेका छन् । 

अभिनेता ऋतिक रोशनले पनि कोभिड–१९ विरुद्धको लडाईंमा सहयोग गरेका छन् । एन–९५ र एफएफपी–३ माक्स उपलब्ध गराएका छन् । 

अभिनेत्री बिरुस्काले ३ करोड, नाना पाटेकरले ५० लाख तथा सिल्पा सेट्टी २१ लाख रुपैयाँ उपलब्ध गराएका छन् । 

यस्तै भारतका विभिन्न प्रान्तीय चलचित्र उद्योगका कलाकारले आआफ्नो राज्य सरकारलाई पनि सहयोग गरिहेका छन् । 

भारतमा कोरोना भाइरस संक्रमितको संख्या तीव्ररुपमा बढिरहेको छ । हालसम्म सबैभन्दा बढी कोरोना संक्रमित महाराष्ट्रमा भेटिएका छन् । महाराष्ट्रमा २२३ जना कोरोना संक्रमित छन् भने केरलामा २२१ जनामा संक्रमण भएको छ । 

भारतमा अप्रिल १४ सम्मका लागि लकडाउन घोषणा गरिएको छ । नागरिकलाई अत्यावश्यकबाहेक घरबाट ननिस्किन आग्रह गरिएको छ । कलाकारहरुले पनि भारत सरकारले गरेको निर्णय र आग्रहलाई आफूले पालना गरिरहेको भन्दै आम जनतामा पनि सोही आग्रह गरिरहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  १६:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC