site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
 
काठमाडौं । अमेरिकाको टेक्सास विश्वविद्यालयका तीन जना प्राध्यापकहरूले कक्षा कोठामा बन्दुल ल्याउन प्रतिबन्ध लगाउन माग गरेका छन् । 
राज्यले लागु गरेको एउटा कानुनले यही सातादेखि विद्यार्थीलाई कक्षामा बन्दुक बोकेर जाने अनुमति दिएपछि उनीहरूले बिहीवार न्यायाधीश समक्ष कक्षामा त्यसमा प्रतिबन्ध लगाउन माग गरेको रोयटर्सले जनाएको छ ।
रिपब्लिकन पार्टीका नेताहरूको समर्थनमा राज्यले इजाजत भएको सानो हतियार विश्वविद्यालयको कक्षामा पनि लैजान पाउने बनाएपछि यसले प्राज्ञिक स्वतन्त्रतामा असर पार्ने भन्दै प्रतिबन्ध लगाउन माग गरेका उनीहरूले बताएका छन् । 
‘उनीहरू डराएका हैनन् तर कक्षामा हतियार ल्याइयो भने खुला प्राज्ञिक छलफल हुननसक्ने भएकाले प्रतिबन्ध लगाउन माग गरिएको हो’ प्राध्यापकहरूका वकिलले रोयटर्सलाई भने । 
विश्वविद्यालयका वकिलले भने कक्षा कोठामा बन्दुक ल्याउन नदिने हो भने राज्यको कानुनको उल्लंघन हुने र प्राध्यापकहरू निष्कासनमा पर्नसक्ने चेतावनी दिएका छन् । 
टेक्सास राज्यका न्यायाधिवक्ताले बाहिरजस्तै विश्वविद्यालयको कक्षामा पनि इजाजतप्राप्त हतियार लैजान नदिनु नागरिकहरूको अधिकार हनन हुने दाबी गर्दै प्राध्यापकहरूको निवेदन खारेज गर्नुपर्ने तर्क पेस गरेका छन् । 
   
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २१, २०७३  ०६:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC