site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ग्रामीण बस्तीमा लकडाउन सचेतना
Sarbottam CementSarbottam Cement

दाङ । कोरोना रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउन कार्यान्वयन गर्न दाङका ग्रामीणस्तरमा पनि पहल थालिएको छ । भारतसहित तेस्रो मुलुकबाट नागरिक घरमा आउँदा सहरमा भन्दा गाउँमा कोरोनाको जोखिम बढिरहेको भन्दै ग्रामीणस्तरमा लकडाउन कार्यान्वयनको पहल थालिएको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ का विभिन्न बस्तीमा लकडाउन कार्यान्वयनका लागि घर–घरमा पुगेर सचेतना दिन सुरु गरिएको पत्रकार सुनिल पोखरेल मजगैंयाले जानकारी दिए । वडा नम्बर १९ सहित प्रहरी चौकी हेमन्तपुर र स्वास्थ्य चौकी तोप्पापानीको संयुक्त प्रयासमा सचेतना अभियान सुरु गरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

विदेशबाट आएका परिवार वा आफन्तलाई होम क्वारेन्टाइनमा राखौँ, अत्यावश्यक कामबाहेक बिना काम घरबाहिर ननिस्कौँ, साथिभाइ वा आफन्तको भेटघाट पूर्णरुपमा बन्द गरौँ भन्दै सरकारले घोषणा गरेको लकडाउनलाई पूर्णरुपमा कार्यान्वयन गर्न नागरिकलाई सचेतना प्रदान गरिएको हो ।

अभियानमा १९ नम्बर वडाका अध्यक्ष रामबहादुर योगी , स्वास्थ्य चौकी तोप्पापानीका प्रमुख शिव तिवारी र हेमन्तापुर प्रहरी इन्चार्ज इन्द्रबहादुरको टोलीले हारिमे, बाँसगढी, संक्राम, कुटेचौर, कुहिरेताल लगायतका स्थानमा घर–घरमा पुगेर सचेतना प्रदान गरिरहेको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  १३:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC