site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
कोरोना महामारीका कारण एसियाले गम्भीर आर्थिक पीडाको सामना गर्नुपर्ने विश्‍व बैंकको चेतावनी
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्व बैंकले कोरोना महामारीका कारण एसियाली मुलुकहरुले गम्भीर आर्थिक पीडाको सामना गर्नुपर्ने चेतावनी दिएको छ । 

नोभेल कोरोना भाइरसको महामारीका कारण हुने आर्थिक गिरावटले पूर्वी एसिया र प्यासिफिक क्षेत्रका दुई करोड ४० लाख मानिसलाई गरिबीबाट उकास्‍नेबाट रोकिने विश्‍व बैंकले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

विश्‍व बैंकले हालै सार्वजनिक गरेको रिपोर्ट अनुसार कोरोना भाइरसको संक्रमणका कारण पूर्वी एसिया र प्यासिफिक क्षेत्रका सबै मुलुकहरुले 'गम्भीर आर्थिक पीडाको सामना गर्नुपर्ने' उद्योगधन्दामा काम गर्ने मानिसहरुले 'उच्‍च जोखिम'को सामना गर्नुपर्ने छ ।

जसमा थाइल्‍यान्डको पर्यटन क्षेत्र र प्यासिफिक टापुसहित भियनाम र कम्बोडियाका उत्पादन क्षेत्रमा काम गर्ने मानिसहरुलाई यसको जोखिममा रहेको बताइएको छ । बैंकले  दुई करोड ५० लाख मानिसहरु चिनियाँसहित ३ करोड ५० लाख मानिसहरु गरीबीबाट माथि उठ्‍न नसक्‍ने प्रक्षेपण गरेको छ । विश्व बैंकका अनुसार गरिबीको रेखा भन्‍नाले दैनिक ५.५० अमरिकी डलरभन्दा कम आय भएका मानिस भनेर परिभाषित गरेको छ । 

Global Ime bank

यस क्षेत्रको आर्थकि वृद्ध २ दशमलव १ प्रतिशत रहने बताइएको छ । सन् २०१९ को आर्थिक वृद्धि ५ दशमलव ८ प्रतिशत वृद्धिभन्दा बढी हुने अनुमान गरिएको थियो । त्यसैगरी विश्‍व बैंकले यस क्षेत्रमा स्वास्थ्य हेरचाह, मेडिकल उपकरणको उत्पादन गर्ने उद्योग र बिरामीहरुलाई सहुलियत उपलब्ध गराउन आग्रह गरेको छ । - बीबीसी 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  १२:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC