site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मेरिल्यान्ड राज्यका सांसद ह्यारी भण्डारी भन्छन्– अमेरिकामा रहने नेपाली नडराउनुस्
Sarbottam CementSarbottam Cement

बोष्टन (अमेरिका) । मेरिल्याण्ड राज्यमा निर्वाचित पहिलो नेपाली मूलका युवा सांसद ह्यारी भण्डारीले सोमबार १४ दिनको क्वारेन्टाइन पूरा गरेका छन् । उनी सम्बद्ध संसदको बैठकमा सँगै बसेका अर्का विधायकको कर्मचारीलाई कोभिड १९ देखिएपछि भण्डारी पनि १४ दिनको क्वारेन्टाइनमा बसेका थिए । 

“१४ दिनको क्वारेन्टाइनबाट मलाई कोरोना भाइरस नसरेको पुष्टि भयो,” भण्डारीले बाह्रखरीसँग कुरा गर्दै भने, “सिटिङ् मेटका कर्मचारीलाई पोजेटिभ देखिनासाथ त्यो बैठकमा उनी नजिकै बसेर भाग लिनेहरु सेल्फ क्वारेन्टाइनमा बसेका थिए । ती कर्मचारी वातावरण तथा यातायात समितिमा आवद्ध थिए । सभासदहरु संक्रमित हुन सक्ने आशंकाले बन्द गरिएको मेरिल्यान्डको विधायक सेसन पनि बन्द गरिएको छ ।  यस्तो बन्द शीतयूद्ध पछि पहिलो पटक भएको हो ।”

अमेरिका पनि कोरोनाभाइरसले आक्रान्त भएपछि भण्डारीले घरमै बसेर आफ्ना कामहरु सञ्चालन गर्दै आएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“वेबबाट कुराकानी गर्ने, आफ्नो चुनाव क्षेत्रका मानिसको समस्या समाधान गर्ने, रिसर्चका कामहरु घरबाट गर्दै दिन बित्ने गरेको छ,” सांसद भण्डारीले भने । त्यतिमात्र होइन भण्डारीले कहिलेकाहीँ नेपाली समुदायलाई पनि अफ्ठ्यारो बेलामा जानकारीहरु प्रदान गरेर र विभिन्न ठाउँमा सम्पर्क गरेर सहयोग गर्ने गरेका छन् । 

हालैमात्र न्यूयोर्कमा कोभिड १९ को संक्रमणमा परेर मृत्यु भएका नेपालीको शव चाँडै अस्पतालबाट निकाल्न र दाह संस्कारमा लैजानका लागि संघीय सरकारका निकायहरुसँग सम्पर्क गरेको उनले जानकारी दिए ।  “सांसद भण्डारीको पहलले भाइरस संक्रमणबाट मृत्यु भएका नेपालीको शव अस्पतालबाट छिटो निकाल्न मद्दत पुगेको थियो,” मेरिल्यान्ड राज्यका सिनेटर भण्डारीका प्रेस संयोजक गौतम दाहालले भने,“दुःखको त्यो घडीमा फ्युनरल होममा अन्येष्टि पनि सहुलियतमा भएको थियो ।” 

Global Ime bank

भण्डारीले अमेरिकामा बस्ने नेपालीहरुलाई नडराउन र सुरक्षित रहन आह्वान गरेका छन् । अमेरिकमा धेरैजसो नेपालीहरु फ्रन्टलाइन र यातायातमा काम गर्ने गरेका छन् । कोभिड १९ को यो प्रकोपमा अझै पनि उनीहरुले कतिपय ठाउँमा काम जारी राखेका छन् ।  अहिले घरमानै बसेर संक्रमणको ग्राफ घटाउने बेला भएको भण्डारीले बताए । 

भण्डारीले हरेक राज्यअनुसार राहत वितरणका टोल फ्रि नम्बरहरु फरक–फरक हुने र कार्यक्रमहरु पनि फरक–फरक हुने भएकोले रिसोर्सेजका जानकारीहरु अगाडि ठिक्क पारेर बस्न सुझाए ।  “सरकारको रिसोर्सेज छ भन्दैमा आवेदन नदिइकन त्यो वैधानिक रुपले प्राप्त हुँदैन,” भण्डारीले भने, “त्यसकारण सामाजिक सञ्जालमा भन्दा जानकारीहरु लिन समय खर्चिनुपर्छ । अहिले कोभिड १९ का कारण सारा संसार नैं आतंकित भइरहेको अवस्थामा आफु, परिवार र साथीभाइहरुको मानसिक स्वास्थको विशेष ख्याल गर्नुपर्छ ।”
सामाजिक सञ्जालको प्रयोगका कारण यो समयमा दिक्दारीहरु पनि फैलिइरहेको अध्ययनहरुले पनि देखाएका छन् । 

भण्डारीले भने, “त्यसकारण सामाजिक सञ्जालहरुको प्रयोग नगर्नुहोस् भन्न चाहन्छु ।”  उनले घरमै बस्ने र नआत्तिनका लागि नेपालीहरुलाई आग्रह गरेका छन् ।  अमेरिकामा अत्यावश्यकीय कामका स्थानहरुमा अझै पनि कर्मचारीहरु काममा गइरहेका छन् ।  फार्मेसी र हस्पिटलहरु अत्यावश्यकीय हुनाले अमेरिकामा अझै पनि ति स्थानमा कर्मचारीहरु दैनिक काममा जान्छन् । 

भण्डारीको संयोजकत्वमा मेरिल्यान्ड राज्यस्तरीय समुदायमा कोरोना भाइरसबाट बच्ने उपाय र आवश्यक सहयोगका लागि एउटा उच्चस्तरीय समिति र त्यसअन्तर्गत विभिन्न टास्कफोर्सहरु गठन गरिएका छन् ।

तस्बिर : भण्डारीको फेसबुकबाट 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  ०९:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC