site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अमेरिकामा कोरोनापीडितका लागि ब्याक स्ट्रिट बोइजको लिभिङ रुम कन्सर्ट 
Ghorahi CementGhorahi Cement

एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न अहिले विश्व नै सामाजिक दूरीको नीतिमा अगाडि बढिरहेको छ । पछिल्लो समय भाइरसको चपेटामा परेका देशहरूमध्ये अमेरिका पनि अग्रपंक्तिमा आएको छ । 

अमेरिकामा कोरोनाका कारण धेरै मारमा परेका परिवारलाई राहत वितरण गर्ने हेतुका साथ आईहर्ड रेडियोले ‘लिभिङ रुम कन्सर्ट फर अमेरिका’ को आयोजना गरेको छ ।  जसका लागि अमेरिकाका चर्चित ब्यान्ड ‘ब्याकस्ट्रिट बोइज’ का सदस्यले प्रस्तुति दिएका छन् । 

Agni Group

‘ब्याकस्ट्रिट बोइज’ ले १९९९ को उनीहरूको चर्चित गीत ‘आई वान्ट इट ड्याट वे’ गाएसँगै दर्शकलाई भावुक बनाएका थिए । ‘ब्याकस्ट्रिट बोइज’ का एजे मेक्लेन, हाउइ डोरा, निक कार्टर, ब्रायन लिट्रल र केभिन रिचर्डसन अमेरिकामा छुट्टाछुट्टै सहरमा बस्छन् । उनीहरूले आ–आफ्नै घरमा बसेर प्रस्तुति दिएका हुन् । 

एल्टन जोनले होस्ट गरेको उतm रेडियो कन्सर्ट फक्स च्यानलमा प्रसारण गरिएको थियो । लिभिङ रुम कन्सर्टमार्फत नै ‘ब्याकस्ट्रिट बोइज’ ले आफ्ना सबै दर्शकलाई यस्तो विषम् परिस्थितिमा सकारात्मक रहन पनि आग्रह गर्नुका साथै आयोजक टिमलाई धन्यवाद पनि दिए ।

Global Ime bank

एक घण्टा लामो यस कन्सर्टमा ब्याक स्ट्रिट बोइजका साथै मराया क्यारी, बिली आइलिस र एलिसिया किजले पनि प्रस्तुति दिएका थिए । यस कन्सर्टबाट उठेको रकम फर्सट रेस्पोन्डर्स चिल्ड्रेन्स फाउन्डेसन र फिडिङ अमेरिका नामक संस्थालाई वितरण गरिनेछ । जसले यो प्रकोपको मारमा परेका परिवारलाई सहयोग गर्दै छन् । (सीएनएन)
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १७, २०७६  २०:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC