site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
कोरोना र नेपालमा संन्त्रास 

सन् २०१९ नोभेम्बर १७ मा चीनको वुहानमा ५५ वर्षीय व्यक्तिलाई देखापरेको नोवेल कोरोनाभाइरसले सारा विश्वलाई त्रस्त बनाएको छ । यसबाट संक्रमित र मर्नेहरूको संख्या दिनहुँ तीव्र गतिमा बढिरहेको छ । नोभेम्बरमा कोरोना देखिएको भए पनि नेपालले वास्ता गरेन । उल्टै नेपालमा कोरोना नभएको प्रचार गर्दै मन्त्रीहरू नै विदेश यात्रा गरिरहे । इरान, स्पेन र इटलीमा कोरोनाको संक्रमण उच्चस्तरमा पुगिसकेपछि पनि सरकारले चैत्र ५ गतेसम्म सम्पूर्ण विद्यालय स्तरको परीक्षा सक्नु भनेर निर्देशन दिँदै थियो । माध्यमिक शिक्षा परीक्षाको अगिल्लो दिनसम्म पनि सरकारका प्रवक्ता परीक्षा नरोकिने जानकारी दिँदै थिए । दक्षिण एसियाका मुलुकसहित आधा विश्वमा कोरोना फैलिई सकेपछि बल्ल कोरोना रोकथाम तथा नियन्त्रणको लागि उपप्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गरियो । उक्त समितिले चैत्र ५ को आठौं बैठकमा बल्ल ठोस निर्णय गर्न सक्यो । चैत्र १० सम्म आइपुग्दा अन्तर्राष्ट्रिय उडान बन्द, कोरोना संक्रमित मुलुकबाट विदेशीलाई आउन रोक, उत्तर दक्षिणका नाका बन्दसँगै देशभर चैत्र १८ सम्म बन्दाबन्दीको निर्णय भयो । समितिले लकडाउन अवधि थप गर्ने निर्णय गरेको छ । आइतवार बिहानसम्म जाँच जना संक्रमित भेटिएका छन् । 

नेपाल कहाँ चुक्यो ?

बजारमा सर्जिकल मास्क सकिएको लगभग दुई महिना बित्यो । सरकार रमिता हेरेर बसेको थियो । स्वास्थ्यकर्मीले लगाउने वैयक्तिक सुरक्षा सामग्रीको अभाव थियो । (आइतवार चीन र कोरियाबाट केही सामग्री आइपुगेको समाचार छ ।) अहिले संक्रमण देखापरेकाहरूको सम्पर्कमा आएकालाई खोजी तिनको परीक्षण र निगरानी गर्नुपर्ने बेला हो । तर, सरकार यसमा चुकेको छ । 

Agni Group

दैनिक उपभोग्य वस्तुको अभावले बन्दाबन्दीको दोस्रो दिनबाट खाद्यान्न तथा अन्य दैनिक उपभोग्य वस्तु र सेवाका विक्री वितरण खुला राख्ने निर्णय गरिएको छ । लाग्छ, सरकार आत्तिएको छ, अलमलमा  छ । सरकारले बेवास्ता गरेको नभएर चुस्त व्यवस्थापन गर्न नसकेको देखिएको छ । 

अब सरकारले के गर्ने ?

Global Ime bank

अब सरकारले दुईवटा काममा ध्यान दिनुपर्छ – संक्रमण फैलिन नदिने र क्षति कम गर्ने । संक्रमितको नजिक रहेका र सँगै यात्रा गरेका व्यक्तिको ‘लोकेशन ट्रेसिङ’ ठाउँ पत्ता लगाएर स्वास्थ्य परीक्षण गर्ने, सेल्फ क्वारेन्टिनमा राख्ने, सम्बन्धित व्यक्तिसँग जोडिएका परिवार र अन्य व्यक्तिलाई पनि परीक्षण तथा अन्य स्वास्थ्य सुरक्षाका लागि निगरानीमा राख्ने । दोस्रो, कोरोना संक्रमण परीक्षणको व्यवस्था सातै प्रदेशसहित मुख्य मुख्य सहरमा गर्ने र परीक्षणको दायरा फराकिलो बनाउने । यसका लागि आवश्यक परे कडाइका साथ लकडाउन गरे हुन्छ । जनताले सरकारलाई सहयोग गर्नेछन् ।

सरकारले अब स्थानीय निकायको तल्लो वडा स्तरीय संयन्त्रलाई चलायमान बनाउनु पर्छ । कोरोनाभाइरस परीक्षण ल्याबको स्थापना सातै प्रदेशमा स्थापना गर्नु पर्यो । कोरोना परीक्षण किटको पर्याप्त व्यवस्था हुनुपर्छ । अब स्वास्थ्यकर्मीका साथै कोरोना संक्रमण रोकथाममा खटिएका सम्पूर्ण सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी तथा संलग्न सम्पूर्ण सयंसेवक लाई पुग्ने वैयक्तिक सुरक्षा सामग्री (पीपीई), मास्क, तथा सेनिटाइजरको व्यवस्था गर्नुपर्छ । 

प्रत्येक प्रदेश तथा ठूला सहरमा रहेका मेडिकल कलेजका सञ्चालकसँग समन्वय गरेर त्यहाँ रहेका बिरामीलाई अन्यन्त्र सारेर कोरोना अस्पताल बनाउनु पर्ने देखिन्छ । मापदण्डबिनाका केही घन्टामा बनाइएका अस्थायी ठाउँहरूलाई अस्पताल हैन क्वारेन्टिनका लागि प्रयोग गराैँ । स्थानीय निकायलाई परिचालन गरेर विदेशबाट फर्किएका र काठमाडौंबाट समेत आफ्नै गाउँ घर फर्केका सम्पूर्ण व्यक्तिको पहिचान गरी ‘सेल्फ क्वारेन्टिन’मा बस्ने व्यवस्था मिलाइनु पर्छ । वडा कार्यालयहरूलाई पर्याप्त मात्रामा सुरक्षा सामग्री उपलब्ध गराई दैनिक उपभोग्य वस्तु जनताको घर दैलोमा पुर्याउने व्यवस्था मिलाएर पसलहरू र सुपरमार्केट, मलहरू खोल्न रोक्नुपर्छ । 

अन्त्यमा,

पहिलो जनता आफैँ अचुक औषधि घरमा बस्नु नै हो । दोस्रो, सरकारले संक्रमण फैलिन नदिनु हो । स्रोत, साधन र अधिकार सरकारसँग नै छ । मुलुक परिवार हो भने सरकार अभिभावक हो । जनता परिवारका सदस्य हुन् । हुने खाने र हुदाँ खाने सबै आफ्नै बुतामा दैनिकी गुजारिरहेका छन् ।

सबैलाई महामारीबाट बचाउने क्षमता सरकारमा हुनै पर्छ । सरकारलाई यसमा छुट हुँदैन । जंगलमा लागेको डँडेलो पहिलो झिल्को एक बाल्टिन पानीले निभाउन सक्ला तर फैलिएपछि रोक्न सजिलो हुँदैन । नेपालमा चीन, इटली, स्पेनमा झैँ संक्रमण फैलियो भने कल्पनाभन्दा बाहिरको अवस्था हुनेछ । बरु यस वर्षको सम्पूर्ण बजेट खर्च किन नहोस् तर यो महामारी रोक्नु सरकारको पहिलो जिम्मेवारी हो । सरकारले अवलम्बन गरेको लकडाउन वा कफर््यु पालना गर्नु जनताको दायित्व र कर्तव्य हो । यो घडीमा सरकारलाई आफ्नै घरमा बसेर सहयोग गर्नु नै ठूलो दुर्घटनाबाट जोगिने उत्तम उपाय हो ।
                                                  

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १७, २०७६  १२:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC