site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
नव निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बिहीबार पद तथा गोपनीयताको शपथ लिए । उनीसँगै नेपाली कांग्रेसका दुई जना र नेकपा (माओवादी केन्द्र) का तीन जनाले शपथ ग्रहण गरेका छन् । नेपाली कांग्रेसबाट पनि तीनै जना मन्त्रिपरिषद्मा सुरुमै सामेल हुने व्यापक चर्चा थियो । तर, मन्त्रालय मन नपरेको भन्दै नेता अर्जुननरसिंह केसीले मन्त्री पदको शपथ नलिएको बताइएको छ । आधिकारिकरूपमा नेपाली कांग्रेस वा नेता केसीका तर्फबाट कुनै जानकारी नदिइँदासम्म यस चर्चामा विश्वास नगर्नुपर्ने कारण पनि छैन । नेपालका राजनीतिक दलका नेताहरूको व्यवहार र चरित्र हेर्दा पनि यो चर्चा सत्यको निकटै हुनुपर्छ । र, यस्तो प्रवृत्तिले यो सरकारमात्र हैन नेपालको शासन प्रणालीलाई नै संकटमा पार्नसक्ने पनि देखिन्छ । हुनत, माओवादी केन्द्रबाट पनि सबै मन्त्री छानिएका छैनन् तर विवाद सार्वजनिक भइनसकेकाले शंकाको सुविधा दिनुपर्छ । सरकारमा पहिलो चरणमा पठाइने व्यक्तिको छनोटसमेत बेलैमा गर्न नसक्ने पार्टीले मुलुकलाई संकटबाट पार लगाउने आशा कसरी गर्न सकिएला र ? 
परन्तु, नेपाली जनतासँग अहिले संविधानसम्मत अर्को विकल्प पनि छैन । कांग्रेसको सरकारको सबैभन्दा ठूलो घटक हो । प्रधानमन्त्री दाहालले पाएको ३६३ मतमा करिब ५५ प्रतिशत मत कांग्रेसकै थियो । यसैले सरकारको कार्यसम्पादनलगायत छवि र प्रस्तुति धेरै हदसम्म कांग्रेसको व्यवहारमा निर्भर हुनेछ । कांग्रेस सत्तामा पुग्नेबित्तिकै आन्तरिक कलहमा व्यस्त हुने पार्टीका रूपमा धेरै पहिलेदेखि नै बदनाम छ । पछिल्लो कालखण्डमा त भागबन्डा र गुटबन्दी कांग्रेसमा बढी नै व्याप्त हुन पुगेको थियो । अन्तिम समयमा मन्त्रालयमा चित्त नबुझेर शपथ ग्रहण नगर्ने नेता केसी त सभापति शेरबहादुर देउवा समूहकै हुन् । सभापति देउवाका प्रतिस्पर्धी वरिष्ठ नेता रामचन्द पौडेलको समूहसँग त झन् छलफलै नगरिएकाले सरकारमा सहभागी नहुने निर्णयमा पुगेको पनि चर्चा छ । कांग्रेसको आन्तरिक विवादले विगतमा कांग्रेसकै नेतृत्वका सरकारहरू समेत गिराइएको सम्झनेहरू थोरै छैनन् । तर, कांग्रेस नेताहरूले विगतका गल्तीबाट सिकेको भने कहिल्यै देखिएको छैन । बिहीबारकै घटनाले पनि यही पुष्टि गरेको छ । पुष्पकमल दाहालको सत्तारोहणमा भरेङ बनेको नेपाली कांग्रेस कतै यही कारणले विखण्डित त हुँदैन?
नेपाली कांग्रेस जोगाउने वा समाप्त पार्ने निर्णय गर्न त्यही पार्टीका नेता र कार्यकर्ता स्वतन्त्र छन् । तर, सांसदका रूपमा जनताबाट चुनिएका र राज्यको ढुकुटीबाट पारिश्रमिक लिनेले भने तदनुरूप गम्भीर र परिपक्व व्यवहार गर्नैपर्छ । मुलुक अत्यन्त कठिन अवस्थामा छ । माओवादी केन्द्रको नेतृत्वमा कांग्रेससमेतले राखेको नेकपा (एमाले) नेतृत्वको सरकारविरुद्धको अविश्वास प्रस्तावमा पनि मुलुकको भयावह अवस्थाको चित्रण गरिएको छ । एकातिर मुलुक गम्भीर संकटमा भएको र जनताप्रति संवेदनशीलता र उत्तरदायिता देखाउन नसकेको भनेर सरकार गिराउने अर्कातिर मन्त्रिपरिषद्को गठनसमेत गर्न नसक्ने ! राजनीतिक अभ्यासमा यो अत्यन्त गम्भीर विडम्बना र नैतिक विचलन हो । सरकारका सामु सुस्ताउने पनि समय छैन । देश र जनताप्रति इमानदार हुने हो भने र अलिकतिमात्रै पनि राजनीतिक नैतिकता भए तत्काल भूकम्पपीडित एवं मधेस समस्या समाधान गर्न काम सुरु गरिहाल्नुपर्छ । यस्तै स्थानीय निकायको संख्या र सीमाका सम्बन्धमा राष्ट्रिय सहमति पनि कायम गर्न अग्रसर हुनुपर्छ । पार्टीभित्र मात्र हैन सत्ता गठबन्धनबीचमा समेत किचलो निकालेर अलमलिने सुविधा यो सरकारलाई छैन । कांग्रेसभित्रको किचलोका लागि मूलतः सभापति शेरबहादुर देउवा जिम्मेवार देखिन्छन् । पार्टीका भागबन्डाको अभ्यास उनैले संस्थागत गराएका हुन् । अहिले त्यही भागबन्डाको अभ्यासले उनलाई अप्ठेरोमा पारेको हो । पार्टीका सबै नेतालाई मिलाएर लैजाने दायित्व सभापतिकै हो । यसैले देश अप्ठेरोमा परेका बेला व्यक्तिगत स्वार्थ र महत्वाकांक्षाभन्दा राष्ट्र र जनताको हितलाई महत्त्व दिन आवश्यक भए देउवाले पार्टीभित्र त्याग पनि गर्नुपर्छ । यो सरकार असफल भए सबैभन्दा धेरै घाटा र सफल भएमा नाफा हुने पनि अन्ततः सभापति देउवालाई नै हो ।     
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २०, २०७३  २०:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC