site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
चौथो परीक्षण पनि पोजेटिभ आएपछि गायिका कनिकाको भावुक पोस्ट
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतको लखनउको एक अस्पतालमा कोरोनाभाइरसविरुद्ध लडिरहेकी गायिका कनिका कपुरको चौथो परीक्षण पनि पोजेटिभ आएको छ । 

चौथो परीक्षण पनि पोजेटिभ देखिएपछि उनले सामाजिक संजाल इन्स्टाग्राममा एक भावुक पोस्ट सेयर गर्दै पाँचौ परिक्षण भने नेगेटिभ आउनेमा आशारत रहेको बताइन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले सेयर गरेको पोस्टमा भनिएको छ,“जीवनले हामीलाई समयको सदुपयोग गर्न सिकाउछ, जबकि समयले हामीलाई समयको महत्व सिकाउँछ ।” 

यो पोस्टसँगै उनले आफु आईसीयूमा नरहेको र परिवार तथा सन्तानलाई भेट्न निकै आतुर भएको पनि बताएकी छिन् ।

Global Ime bank

गायिका कपुरका साथै उनको परिवार पनि उनको स्वास्थ्यमा सुधार नदेखिएकोमा चिन्तित छन् ।

मार्च ९ मा लण्डनबाट भारत आएकी उनी २० मार्चमा कानपुर हुँदै लखनउ पुगेकी थिइन् । जहाँ परीक्षणका क्रममा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

उनले लण्डनबाट फर्किनासाथ मुम्बईस्थित एक होटलमा वरिष्ठ व्यक्तिहरुबीच आफनो जन्मोत्सव मनाएकी थिइन् । (हिन्दुस्तान टाइम्सबाट)

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १७, २०७६  १०:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC