site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोना त्रास र चुनौती

नेपाल र भारतले निकै ढिलो गरेर कोरोनाभाइरस नियन्त्रणप्रति गम्भीर भई थप कडाइ गरेको देखिन्छ । नेपालमा जनमानसमा यस रोगका बारेमा चेतनाको स्तर भने पर्याप्त छ भन्ने लाग्दैन । ग्रामीण भेगसम्म बचाउका उपायहरुको जानकारी पुग्नसकेको छैन ।  रोगका बारेमा केही जानकारी भए पनि यसबाट कसरी सुरक्षित हुन सकिन्छ भन्ने बुझेको देखिँदैन । 

यो रोग निको नै नहुने हैन । स्वस्थ भई घर फर्केकाको संख्या राम्रै छ । तर नेपालजस्तो मुलुकमा उपचारको यो तथ्य वास्तविकतासँग नमिल्न सक्छ । उपचार सुविधाको अभावमा बरु यहाँ जोखिम थपिन सक्छ । जीवन र मृत्युलाई दैवको खटन ठान्नेहरूले सुरक्षित रहन अपनाइने उपायलाई गम्भीरतापूर्वक नलिँदा प्रभावकारी नहुनसक्छन् । यसैले जनतालाई रोकथामका प्रयासलाई हलुका ढंगले लिन हुँदैन भन्ने बुझाउनु आवश्यक छ ।  जनतालाई सुरक्षित राख्न आवश्यक भए प्रशासनले कडाइ पनि गर्नुपर्छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

केही दिन यता हजारौंको संख्यामा नेपालका नाकाहरुबाट भारतबाट नेपाली भित्रिएका छन् । पश्चिमी क्षेत्रका नाकाबाट आउनेहरू प्रायः पहाडी भेगका बासिन्दा हुन् । नाकाहरुमा कोरोनाकोे संक्रमणको परीक्षण भयो वा प्रभावकारी भए भएनन् भन्न सकिने अवस्था छैन । संक्रमित व्यक्ति नेपाल भित्रिए भने नेपालको अवस्था कस्तो होला ? पक्कै पनि डरलाग्दो हुनेछ । त्यसैले स्थानीय सरकारहरूले पनि केन्द्र वा प्रदेशको मुख नताकीकन कतिपय निर्णय तत्काल लिनु आवश्यक देखिएको छ । त्यस्तै नागरिकसँग सरोकार राख्ने संस्था र संगठनहरुले पनि  आफू सुरक्षित रहेर स्वयंसेवकको जिम्मेवारी निर्वाह गर्न सक्छन् । 

भारतबाट आएका र आइरहेका नेपालीलाई निश्चित अवधिसम्म सामाजिक सम्पर्क गर्नबाट रोक्नुपर्छ । यसका लागि स्थानीय स्रोतसाधनलाई पर्याप्तरुपमा परिचालन गर्नुपर्ने हुन्छ । भारतमा पनि सुरुमै प्रभावकारी उपाय नअपनाएका कारण संक्रमितहरूको संख्या बढिरहेको हो । 

Global Ime bank

सरकारले आधारभूत र अत्यावश्यक वस्तुको आपूर्ति र सेवाको प्रवाहमा कमी आउन नदिने रणनीति अपनाउनुपर्छ । सँगै दैनिक ज्याला मजदुरी गरेर खानेहरु भोकै बस्ने अवस्था नआओस् भनेर पनि उपाय सोच्नुपर्ने हुन्छ । उचित व्यवस्थापन गर्न नसके यस महामारीले अन्य बिरामी र विपत्ति निम्त्याउने खतरा पनि उत्तिकै हुन्छ । 

संक्रमितहरुलाई उपचार गर्ने क्रममा चिकित्साकर्मीहरु कसरी सुरक्षित रहन सक्छन् र उनीहरुको हौसला कसरी कायम राख्ने भन्नेमा पनि ध्यानमा राख्नुपर्ने देखिन्छ । अन्य देशहरुमा उपचारमा संलग्न चिकित्सकहरुलाई नै संक्रमण भएका समाचारले उनीहरु हतोत्साहित बनाउन सक्छ । 

निश्चित अवधिका लागि मुलुकलाई बन्दाबन्दीको स्थितिमा लैजानु, सरकारले गर्नु भनेकाबाहेक अरू क्रियाकलाप नगर्नु, सरसफाइमा विशेष ध्यान दिनु,  संयमित भएर बस्नु, समुदायमा जनचेतनाको स्तर बढाउनु, सकारात्मक मनःस्थिति बनाइराख्नु जस्ता कार्य यति बेला महत्त्वपूर्ण हुन्छन् । यो नै आफू र आफ्नो समुदायलाई महासंकटबाट पार लगाउने उपाय हो । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १७, २०७६  १०:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC