site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आइसोलेसनमा रहेका पाँचजनाकै रिपोर्ट ‘नेगेटिभ’
Ghorahi CementGhorahi Cement

विवेक खड्का 
दाङ । कारोना भाइरस (कोभिड–१९ ) आशंकामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा राखिएका पाँच जनाकै रिपोर्ट नेगिटिभ आएको छ ।

उनीहरुको नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको परीक्षण पनि पाँच जनाकै रिपोर्ट नेगिटिभ आएको प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार कैलास प्रसाद देवले बताए । उनका अनुसार दुईजनाको शुक्रबार रिपोर्ट आएको थियो, भने अन्य तीनजनाको शनिबार रिपोर्ट आएको थियो ।

Agni Group

योसँगै जिल्लामा १२ जना आइसोलेसनमा छन् । बेलझुन्डीमा रहेको अस्थायी कोरोना विशेष अस्पतालमा १२ जनालाई आइसोलेसनमा राखिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सर्वेश शर्माका अनुसार शनिबारसम्म ९ बिरामी थिए, भने आइतबार तीन जना थपिएका छन् । तीमध्ये ६ जनाको स्वाब शनिबारै काठमाडौं पठाइएको शर्माको भनाइ छ ।

अन्यको केही समयमा काठमाडौं पठाउने तयारी रहेको शर्माले बताए । साथै संक्रमित भएका देशहरुबाट आएकाहरुको स्थानीय तहहरुले खोजी गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दले बताए । उनका अनुसार दाङमा अहिले २ सय ८० बेडको क्‍वारेन्टाइन कक्षसमेत निर्माण गरिसकिएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १६, २०७६  १८:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC