site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
कोरोना महामारीकाबीच मालीमा संसदीय निर्वाचन
Sarbottam CementSarbottam Cement

माली । विश्‍वभर कोरोना भाइरसको महामारीलाई रोक्‍ने विभिन्‍न पहल भइरहेका बेला पश्‍चिम अफ्रिकी मुलुक मालीमा भने संसदीय निर्वाचन सुरु भएको छ । 

कोरोना भाइरसका कारण मालीमा पहिलो व्यक्तिको मृत्यु भएकै दिन आइतबार मालीमा निर्वाचन सुरु भएको हो । एक दिनअघि अर्थात् शनिबार प्रमुख विपक्षी दलका नेता सोउमाइला सिसेलाई अज्ञात बन्दुकधारीले अपहरण गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

यस निर्वाचनबाट राष्ट्रिय सभाका १४७ सांसदको चयन गरिनेछ । सन् २०१३ पछि हुन लागेको यो पहिलो निर्वाचन हो । सन् २०१३ मा राष्ट्रपति इब्राहिम बोउबाकर केइटाको पार्टीले भारी महुमतका साथ विजयी भएको थियो । 

संसदीय निर्वाचन हरेक पाँच वर्ष अर्थात् सन् २०१८ मा हुनुपर्ने भए पनि सुरक्षा कारण देखाउँदै धेरै पटक स्थगित गरिएको छ । आइतबार पहिलो चरणको मतदान हुँदै छ भने दोस्रो चरणको मतदान अप्रिल १९ मा हुने तय गरिएको छ । 

Global Ime bank

मालीमा हालसम्म १८ जना कोरोना संक्रमित देखिएका छन् भने निर्वाचन हुनुभन्दा केही घण्टा अघि पहिलो कोरोना संक्रमितको मृत्यु भएको थियो ।  मालीबाट विस्थापित भएका करिब दुई लाख मतदाताले भने मतदान गर्न नपाउने भएका छन् । 

यहाँ विद्रोही समूह र कोरोना भाइरस दुवै त्रासका कारण राष्ट्रिय आपतकालको स्थिति रहेको अलजजिराले जनाएको छ । तर, बुधबार राष्ट्रपति केइटाले राष्ट्रिय शान्ति र संवादका लागि निर्वाचन गर्नै पर्ने बताएका थिए । - अलजजिरा 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १६, २०७६  १७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC