site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

चीन र कोरियाबाट आइपुगेका सामग्री र उपकरणले कोरोनाभाइरस संक्रमणको परीक्षण व्यापक बनाउन सहयोग पुग्नेछ । सरकारले केही साता ढिलो गरेको त पक्कै हो तर केही नै गरेन भन्नु न्यायोचित हुँदैन । हुनत, खरिद गरिएका सामग्रीमा बढी मूल्य तिरेर अनियमितता गरेको आरोप पनि सँगै लगाइएको छ । आरोप सत्य होइन भने सरकारले सबै निर्णय र प्रक्रिया सार्वजनिक गरेर जनताको शंका मेटाउनुपर्छ । तर, अहिलेको प्राथमिकता भने सामानको आपूर्ति नै हो । यसैबीच जनतामा सरकारप्रति बढेको आक्रोश र असन्तुष्टिको अनुचित लाभ उठाउन आफूलाई राजनीतिक प्राणी ठान्नेहरू हुर्तुराएको देखियो । नेपाली कांग्रेसका एक जना नेताले राष्ट्रिय सहमतिको सरकारको खाँचो देखे भने अर्को एउटा दलले राजनीतिक संयन्त्रको माग गरेर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको समाचार सार्वजनिक भएको छ । 

सरकारले बन्दबन्दी गर्न ढिलाइ गरेको, आपूर्ति व्यवस्था मिलाउन नसकेको र सबैभन्दा बढी सम्बन्धित मन्त्रीहरूले या त अकर्मण्यता देखाएन नभए गैरजिम्मेवार टिप्पणी गरेकोमा जनताले असन्तुष्टि प्रकट गरेका हुन् । जनताको असन्तुष्टि कुनै पार्टी वा समूहलाई जस्केलाबाट सत्तामा पठाउन प्रकट भएको हैन । यस्तै, अहिले राज्यका संयन्त्रहरूलाई प्रभावकारी बनाउनु आवश्यक छ । सम्बन्धित सरकारी अधिकारीहरू र राजनीतिक नेतृत्वलाई जवाफदेही बनाउनु आवश्यक छ । राज्यका संयन्त्र र निकायलाई संकटको सामना गर्न सक्षम बनाउनु जरुरी छ । तर, यसको अर्थ जनादेश नपाएकाहरू जस्केलाबाट सत्तामा साझेदार हुने मौका आएको ठान्नु गलत हो । कोरोनाको संक्रमणबाट उत्पन्न अन्योलको परिस्थिति सत्तामा भाग खोज्न प्रयोग गर्न खोज्नु चरम अराजनीतिक अवसरवादी प्रवृत्ति हो ।  

Prabhu Bank
Agni Group
NIC Asia

यति बेला वर्तमान सरकारको वा शासन प्रणालीको विकल्प सत्तारुढ दलभित्र वा बाहिर कतै पनि खोज्नु उचित देखिँदैन । देश विपत्तिसँग जुधिरहेको छ । यस्तो समयमा सरकारलाई अस्थिर हुनु वा देखाउन खोज्नु राष्ट्रको हितमा हुँदैन । सरकारलाई सुझाव सबैले दिए हुन्छ । उचित सुझावहरू सरकारले ग्रहण पनि गर्नुपर्छ । प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारले खडा गरेको कोषमा रकम जम्मा गरेर र उपप्रधानमन्त्री ईश्वर पोखरेलले विपक्षको सहयोगको सराहना गरेर सही राजनीतिक चरित्र देखाएका छन् । अहिलेको खाँचो यस्तै सद्भाव र समझदारीकाे छ । राजनीतिक दलहरूको हैसियत त जनताले चुनावकै बेलामा किटान गरेका छन् नि ।

हो ! केही मन्त्रीहरू अयोग्य देखिएका छन् । तिनलाई काखी च्यापेर राख्ने कि पन्छाएर योग्य व्यक्तिलाई जिम्मेवारी दिने भन्ने निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीको विवेकमा भर पर्छ । मन्त्री वा अरू कसैको पनि गल्ती, कमजोरी र बदमासीको निगरानी गर्ने र त्रुटि औँल्याउने काम जनता सबैले सधैँ गर्न सक्छन् । त्यसको अर्थ सत्तामा भाग खोज्नु होइन । यसैले राष्ट्रिय सरकार वा सर्वदलीय संयन्त्रजस्ता बेमौमसी बाजा बजाउनु कसैका लागि पनि हितकर हुँदैन । अहिले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले समेत प्रधानमन्त्री र सरकारलाई अप्ठेरो पार्ने काम नगरोस् । सरकारका गल्ती, बदमासी र त्रुटिका हरहिसाब बेला आएपछि गरे हुन्छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १६, २०७६  १३:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC