site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
पहिलोपटक  बेल्जियममा बिरालोलाई कोरोना संक्रमण 
Sarbottam CementSarbottam Cement

बेल्जियम । चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरसले मानवलाई त्रसित बनाइरहेका बेला पहिलोपटक बेल्जियममा घरमा पालिएको बिरालोमा पनि कोरोना संक्रमण भएको पुष्टि गरिएको छ । बेल्जियमका स्वास्थ्य अधिकारीहरुले कोरोना संक्रमित मालिकबाट बिरालोमा कोरोना भाइरसको संक्रमण भएको बताएको हफिङ्‌टन पोस्टले जनाएको छ । 

"भर्खरै लिगस्थित भेटेनरी चिकित्सा विभागले बिरालोमा कोरोना भाइरसको संक्रमण पुष्टि गरेका हुन्," भाइरोलोजिस्ट स्टेभेन भान गाउचले संघीय जनस्वास्थ्य सेवामा आयोजित पत्रकार सम्मेलनमा भने । ब्रसेल्स टाइम्सले लेखेको छ, "बिरालो आफ्नो मालिकसँग बस्दै आएको थियो । बिरोलोलाई लक्षण देखिनुभन्दा एक साता अघि मालिकलाई पनि कोरोना लक्षण देखिएको थियो ।" 

Prabhu Bank
Agni Group
NIC Asia

बिरालोलाई झाडापखाला, बान्ता र श्वासप्रश्‍वासमा समस्या भएको र अनुसन्धानकर्ताहरुले बिरोलोको दिसा जाँच गर्दा कोरोना भएको पुष्टि गरेका हुन् । शनिबार बिरालो र मालिक दुवैको अवस्था ठीक रहेको जनाइएको छ । "यो एक फरक केस भएकामा हामी जोड दिन चाहन्छौं," भान गाउचले भने, " यो केस मानवबाट जनवारमा पनि कोरोना संक्रमण हुन्छ भन्‍ने कुरा पत्ता लागेको छ । जनावारबाट मानव संक्रमण हुने जोखिम निकै कम छ ।" 

यसअघि हङकङमा दुई कुकुरमा भाइरस संक्रमण भएको थियो । जसमध्ये एउटामा संक्रमण भएको र लक्षण देखिएको थिएन । तर, अहिले देखिएको बिरालोमा भने भाइरसको संक्रमण पनि भएको लक्षण पनि देखिएका छन् । 

Global Ime bank

"अहिलेसम्म जनावरबाट मानिसमा संक्रमण भएको कुनै प्रमाण फेला परेको छैन । तर, एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेको छ । जनावरबाट मानिसका सरेको भन्‍ने आधार छैन," क्यालिफोर्निया विश्वविद्यालयको भेटेरिनरी मेडिकल विभागका प्रमुख ज्यान साइक्सले भनिन् । उनले कुकुर र बिरालो कोरोना संक्रमित हुनसक्ने भएपनि उनीहरुलाई मानिसलाई संक्रमित बनाउन नसक्‍ने साइक्सले बताइन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १६, २०७६  ११:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC