site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
 कोरोनाको मारमा छापा माध्यम
Sarbottam CementSarbottam Cement

देशको राजनीतिक, सामाजिक, आर्थिक र समष्टिगत विषयमा जनतालाई सुसूचित गर्दै आएका नेपालका अधिकांश दैनिक पत्रिका कोरोनाभाइरसको संक्रमणको कारणले समस्यामा परेका छन् । देशको सबैभन्दा ठूलो मिडिया हाउस कान्तिपुर मिडिया ग्रुपले आफ्ना सबै प्रकाशन केही समयको लागि स्थगित गर्ने जानकारी शुक्रवार प्रथम पृष्ठमा प्रकाशकीयमार्फत गरायो । कान्तिपुरले आफ्ना समाचारहरू सबै उक्त समूहको अनलाइन माध्यमबाट नियमित तवरले दिने प्रतिबद्धता गरेको छ । हिमाल खबर पत्रिका तथा नेपाली टाइम्सले पनि आफ्ना प्रकाशनलाई अनलाइनमार्फत जनतामाझ पु¥याउने घोषणा गरेका छन् । त्यस्तै अंग्रेजी दैनिक द हिमालयन टाइम्सले समेत अब छापा माध्यममा केही समयका लागि विश्राम लिएको जनाएको छ ।

औपचारिक रुपमा बन्दको घोषणा नगरेका कतिपय दैनिक पत्रिका पनि प्रकाशनमा आएका छैनन् । नियमित रुपमा पत्रिका प्रकाशित गर्दै आएका दैनिक पत्रिकामा नयाँ पत्रिका, नागरिक, अन्नपूर्ण पोस्ट रहेका छन् । तर, ती दैनिक पत्रिकाको वितरणमा पनि निकै समस्या देखिएको छ । सबै पत्रिका घरघरमा पुग्न सकेका छैनन् । 

गएको साता सोमवार र मंगलवारसम्म सबैजसो पत्रिका घरघरमा पुगेका थिए । सोमवारको पत्रिकामा मुख्यरूपमा कोरोना भाइरसको संक्रमणको कारण सरकारले नेपालका सीमा नाका बन्द गरेको समाचार संप्रेषित थियो । कान्तिपुर, नागरिक, राजधानी, अन्नपूर्ण पोस्टले यसैलाई ब्यानर समाचार बनाएका थिए । नयाँ पत्रिकाले भने सरकारले पूर्व तयारीमा के के गर्दैछ भन्ने समाचार सबै प्रदेशबाट संकलन गरेर मुख्य समाचार बनाएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

सोमवारको बेलुकी नै सरकारले देशलाई मंगलवार बिहान ६ बजेदेखि लागू हुने गरी चैत १८ गते मंगलवार बिहान ६ बजेसम्मका लागि ‘लकडाउन’ घोषणा ग¥यो । सबैजसो दैनिकले मंगलवार सोही समाचारलाई ब्यानर बनाए । नयाँ पत्रिकाले लकडाउनमा के गर्ने, के नगर्ने भन्ने विषयमा समाचार बनायो । कान्तिपुरले आफ्नो पत्रिका वितरणमा उच्च सावधानी अपनाएको समाचार प्रकाशित गर्‍यो । 

बुधबारदेखि दैनिक पत्रिकाको वितरणमा निकै ठूलो असर पर्‍यो । उक्त दिन कान्तिपुरले कोरोना भाइरस संक्रमणमा सहायता गर्न सो मिडिया हाउसले सुरु गरेको कोष रोकिएको समाचार प्रकाशित गर्‍यो । सरकारले आफ्नै अग्रसरतामा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना रोग संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बनाएको कारणले अन्य सोही प्रकारका कोषहरू नबनाउन निर्देशन दिएको थियो । 

Global Ime bank

बुधबारको दिन नयाँ पत्रिकाले कोरोना उपचारको समन्वयमा निकै समस्या रहेको समाचारलाई सात कोलममा प्रकाशित गर्दै टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीको अन्तर्वार्तालाई मुख पृष्ठमा प्रकाशित ग¥यो । बिरामीलाई टेकु र पाटनबाहेकका अस्पतालले भर्ना गराएनन् भन्ने समाचार पनि सो दैनिकले प्रकाशित ग¥यो । कान्तिपुरले लकडाउनको आंशिक उल्लघन भएको र कफ्र्युसम्म लगाउन निर्देशन दिएको समाचार सात कोलममा प्रकाशित ग¥यो । गोरखापत्रले सीमासम्म आइपुगेर देश भित्रन नपाएका नेपालीहरू देश भित्रिएको समाचारलाई मुख्य समाचार बनायो । 

बिहीवार नयाँ पत्रिकाले १० दिनमा १२ लाख सर्वसाधारण राजधानीबाट गाउँ पसेको र भारतबाट ५ लाख गाउँ पसेको समाचार दिँदै रोगसम्बन्धी जागरण निकै कम रहेको समाचार प्रकाशित गर्‍यो । गोरखापत्रले भने रसुवागढी र तातोपानी नाका सञ्चालन हुने खबरलाई मुख्य समाचार बनायो ।

शुक्रवार कान्तिपुरले आफ्नो छापा माध्यम बन्द रहने सूचना प्रकाशित गर्‍यो । गोरखापत्रले आपूर्ति व्यवस्था सहज बनाउने समाचार प्रकाशित गर्‍यो भने नयाँ पत्रिकाले कोरोनाका कारण डायलाइसिस लिनुपर्ने बिरामीलाई अस्पताल पुग्न र सेवा लिन गाह्रो परेको समाचारलाई ब्यानर समाचार बनायो । 

शनिवार नयाँ पत्रिकाले स्वास्थ्य मन्त्रालयअन्तर्गत भएका विशेषज्ञ स्वास्थ्यकर्मीलाई काम नदिएर नयाँ २५६ कर्मचारी भर्ना गर्न मन्त्रालयले विज्ञापन दिएको समाचारलाई आठ कोलमको समाचार बनाउँदै विपत्को बेला पनि स्वास्थ्य मन्त्रालयमा राजनीति भएको समाचार प्रकाशित ग¥यो । नयाँ पत्रिकाले कोरोना संक्रमणको मूलस्थल चीनको वुहानदेखि अहिलेको नयाँ इपिसेन्टर, अमेरिकाको न्युयोर्कसम्म पत्रपत्रिकाको प्रकाशन नियमित रहेको समाचारलाई पनि एन्कर बनायो ।

आइतवारको नयाँ पत्रिकाले पाँचौ संक्रमित भेटिएको समाचार दियो भने आर्य घाटमा सरकारले तोकेको मृतक जलाउने शुल्क तिर्न नसक्नेलाई दाहसंस्कार गर्न छुट नभएको समाचारलाई मुख्य समाचार बनायो ।

बाह्रखरी समीक्षा स्थगित

दैनिक पत्रिकाहरू कतिपय बन्द भएको र बन्द नभएकाहरू पनि घरघरसम्म पुग्न नसकेको वर्तमान अवस्थामा साप्ताहिकरुपमा प्रकाशित बाह्रखरी समीक्षा पनि हाललाई स्थगित गरिएको जानकारी गराइन्छ । दैनिक पत्रिकामा प्रकाशित सामग्रीको निरन्तर समीक्षा गर्दै आएको बाह्रखरी डिजिटल न्युजको यो अंक दैनिक पत्रिका पूर्ववत् सञ्चालन भएपछि फेरि नियमित हुने जानकारी पनि गराइन्छ । पाठकहरूलाई पर्न गएको असुविधाका लागि क्षमा प्रार्थी छौँ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १६, २०७६  ०९:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC